बुटवल,मंसिर ८ ।
नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला सभापति पदमा केशव श्रेष्ठ विजयी भएका छन् ।
जिल्लामा नेपाली कांग्रेसको सम्पन्न १४ औं महाधिवेशनको निर्वाचनबाट सभापति पदमा केशव श्रेष्ठ विजयी भएका हुन् ।
श्रेष्ठले ७३१ मत प्राप्त गरेका छन् । भने प्रतिस्पर्धी इन्द्रमणि पौडेलले ३५२ मत प्राप्त गरेका छन् । साथै यादव प्रसाद घिमिरेले ३०९ मत प्राप्त गरेका छन् । २७ मत बदर भएको छ ।
मंगलवार राती ८ बजे शान्तिपूर्ण रुपमा सम्पन्न निर्वाचनमा १४३८ मध्ये १४२१ मत खसेको थियो । निवर्तमान सभापति समेत रहेका सभापतिका दावेदार बिष्णुप्रसाद खनाल मुस्कानले उम्मेदवारी फिर्ता गरि केन्द्रिय महाधिवेशनमा उम्मेदारी दर्ता गरेपछि महासमिती सदस्य केशब श्रेष्ठ, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरे र महाधिवेशन प्रतिनिधी ईन्द्रमणी पौडेलले सभापतिको पदमा भिडेका थिए । श्रेष्ठ रामचन्द्र पौडेल पक्षिय मानिन्छन्, भने घिमिरे शेर बहादुर देउवा पक्षिय मानिन्छन् ।
यस्तै उपसभापति पदमा ४ जना,सचिवमा ४ जना,सहसचिवमा ५ जना,जिल्ला सदस्यमा ५१ जना,केन्द्रिय महाधिवेशन प्रतिनिधिमा ८८ जनाले मनोनन दर्ता गरेका थिए ।
शेरबहादुर देउवापक्षीय केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल, मानबहादुर विश्वकर्मालगायतले घिमिरेलाई साथ दिएका थिए। तर, पनि उनले जित हात पार्न सकेनन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)