बुटवल,मंसिर १० ।
गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काङ्ग्रेसको १४ औं महाधिबेसनको मतगणनाको क्रममा प्युठानमा भएको घटनाका घाइतेहरुलाइ भेटी स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।
मतगणनाको क्रममा बिबाद हुँदा मसिर ६ गते राती झडपको स्थिती सिर्जना भएको थियो । झडपका क्रममामा काङ्ग्रेस कार्यकर्ता सहित प्रहरी घाइते भएका थिए ।
घाइतेहरुलाइ शुक्रबार भैरहवा स्थित मेडिकल कलेजमा भेट गरि गृहमन्त्री खाणले घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिन अस्पताल प्रसासनलाइ निर्देसन पनि दिए ।
साथै घाइतेहरुलाइ सरकारले उचित क्षतिपूर्ति उपलब्ध गराउने आस्वासन समेत उनले दिए । सो क्रममा उनले विभिन्न घटनामा परि घाइते भै उपचार अन्य बिरामिहरुलाइ समेत भेट गरेका थिए ।
घटनामा घाइते भएका काङ्ग्रेस कार्यकर्ता बिजय रिजाल र प्रहरी जवान चन्द्र बहादुर गाहा मगरको हाल मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)