Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेसको १४ औं महाधिवेशन : रुपन्देहीमा जिल्ला नेतृत्व चयनका लागि सहमति

काँग्रेसको १४ औं महाधिवेशन : रुपन्देहीमा जिल्ला नेतृत्व चयनका लागि सहमति

  • 3.4K
    SHARES

  • काँग्रेसको १४ औं महाधिवेशन : रुपन्देहीमा जिल्ला नेतृत्व चयनका लागि सहमति

    बुटवल,मंसिर ९ ।

    रुपन्देहीमा नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्वसम्मत जिल्ला नेतृत्व चयनका लागि सहमति भएको छ । सभापति लगायत कार्यसमितिमा सर्वसम्मति गर्ने निर्णय भएको रुपन्देहीको जिल्ला सभापतिले अब्दुल रज्जाकले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    यसअघि भएका  नगर,क्षेत्र,प्रदेशका चुनावमा बेग्ला-बेग्लै (देउवा-पौडेल) प्यानल नै बनाएर चुनावमा भिडेको कांग्रेसले जिल्लाको नेतृत्वमा भने सहमतिको प्रयासलाइ भने सकारात्मक भनिएको छ ।

    गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणको पहलमा सहमति जुटेको हाे । ‘सहमति हुनु राम्रो कुरा हो,रूपन्देही मात्रै होइन छिमेकी जिल्लाहरूमा पनि सहमतिबाटै नेतृत्व चयन हुनुपर्छ’ । उनले नागरिक अनलाइनसंग भने ।

    अहिले रूपन्देहीका सभापति अब्दुल रज्जाक ,लेखासमिति सभापति भरतकुमार शाह, संघिय सांसद प्रमोद यादव,प्रदेश सांसद अष्ठभुजा पाठक,क्षेत्रीय सभापति मात्रीका प्रसाद यादव,रूपन्देहीका पुर्व सभापति रामचन्द्र ढकाल  लगायको टिमले सहमतिका लागि दिनभर बैठक बसेको हो।

    रुपन्देहीमा देउवा पक्ष बलियो :

    काँग्रेसको १४ औं अधिवेशनको कार्यतालिका अनुसार रुपन्देही जिल्लामा क्षेत्रीय अधिवेशन सकिएको छ । प्रतिनीधि सभामा ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्रीय अधिवेशनको परिणामले पार्टीको संस्थापन समुह सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ ।

    क्षेत्रीय अधिवेशनको परिणाम हेर्दा रुपन्देहीका ५ निर्वाचन क्षेत्र मध्ये २ वटा क्षेत्रमा संस्थापन ईतर समुहका सभापति निर्वाचित भएका छन् भने बाँकी तीन वटा क्षेत्रमा संस्थापन पक्षका सभापति विजयी भएका छन् ।

    क्षेत्र नं २ मा हरि लम्साल र ४ मा मुकेश यादव संस्थापन ईतर समुहबाट निर्वाचित भएका हुन् भने क्षेत्र नं १ मा हिराबहादुर खत्री, ३ मा सुशिल गुरुङ र ५ मा वसिउल्लाह मुसलमान संस्थापन समुहबाट निर्वाचित भएका हुन् ।

    यी समाचार पनि हेराैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology