बुटवल,मंसिर ९ ।
रुपन्देहीमा नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला नेतृत्व चयनका लागि सहमति प्रयास थालिएको छ । सभापति लगायत कार्यसमितिमा सर्वसम्मतिका लागि पहल गरिएको छ ।
यसअघि भएका नगर,क्षेत्र,प्रदेशका चुनावमा बेग्ला-बेग्लै (देउवा-पौडेल) प्यानल नै बनाएर चुनावमा भिडेको कांग्रेसले जिल्लाको नेतृत्वमा भने सहमतिको प्रयास गरेको हो ।
गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले रूपन्देहीमा सहमतिको प्रयास गरिएको र बैठक समेत डाकिएको नागरिक अनलाइनलाइ बताए ।
‘सहमति हुनु राम्रो कुरा हो,रूपन्देही मात्रै होइन छिमेकी जिल्लाहरूमा पनि सहमतिबाटै नेतृत्व चयन हुनुपर्छ’ । उनले नागरिक अनलाइनसंग भने ।
अहिले रूपन्देहीका सभापति अब्दुल रज्जाक ,लेखासमिति सभापति भरतकुमार शाह, संघिय सांसद प्रमोद यादव,प्रदेश सांसद अष्ठभुजा पाठक,क्षेत्रीय सभापति मात्रीका प्रसाद यादव,रूपन्देहीका पुर्व सभापति रामचन्द्र ढकाल लगायको टिमले सहमति गर्ने प्रयास गरिरहेको हो।
अहिले रुपन्देही जिल्ला पार्टी कार्यलयमा रुपन्देहीको जिल्ला सभापतिले अब्दुल रज्जाकले बैठक डाकेका छन् । तर निश्कर्ष भने अहिलेसम्म निस्किएको छैन । रूपन्देहीमा भोलि जिल्ला नेतृत्व चयन हुदैँछ ।
काँग्रेसको १४ औं अधिवेशनको कार्यतालिका अनुसार रुपन्देही जिल्लामा क्षेत्रीय अधिवेशन सकिएको छ । प्रतिनीधि सभामा ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्रीय अधिवेशनको परिणामले पार्टीको संस्थापन समुह सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ ।
क्षेत्रीय अधिवेशनको परिणाम हेर्दा रुपन्देहीका ५ निर्वाचन क्षेत्र मध्ये २ वटा क्षेत्रमा संस्थापन ईतर समुहका सभापति निर्वाचित भएका छन् भने बाँकी तीन वटा क्षेत्रमा संस्थापन पक्षका सभापति विजयी भएका छन् ।
क्षेत्र नं २ मा हरि लम्साल र ४ मा मुकेश यादव संस्थापन ईतर समुहबाट निर्वाचित भएका हुन् भने क्षेत्र नं १ मा हिराबहादुर खत्री, ३ मा सुशिल गुरुङ र ५ मा वसिउल्लाह मुसलमान संस्थापन समुहबाट निर्वाचित भएका हुन् ।
यी समाचार पनि हेराैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)