Logo सोमवार, कार्तिक १० गते २०८३
images

बुटवलको जितगढीस्थित दुर्गा मन्दिरमा १३औँ सरायँ नाच

बुटवलको जितगढीस्थित दुर्गा मन्दिरमा १३औँ सरायँ नाच

  • 174
    SHARES

  • बुटवलको जितगढीस्थित दुर्गा मन्दिरमा १३औँ सरायँ नाच

    बुटवल ,कार्तिक ९ ।

    बुटवलको जितगढीस्थित दुर्गा मन्दिरको प्राङ्गणमा १३औँ सरायँ नाच सम्पन्न भएको छ।

     धार्मिक आस्था र मौलिक संस्कृतिसँग जोडिएको सरायँ नाचले नेपाली परम्परा र सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। 
    पहिले अर्घाखाँची, गुल्मी क्षेत्रमा दसैंपछि पूर्णिमासम्म विजयउत्सवको रूपमा खेलिने सरायँ नाच बसाइँसराइसँगै तराईमा सुरू भएको हो ।

     विशेषगरी अर्घाखाँची, गुल्मी, पूर्वी प्युठान र पश्चिम पाल्पाका विभिन्न कोटबाट विस्तार भएको सरायँ नाच अहिले बुटवल, काठमाडौं, लमही, वाणगंगा, गोरुसिंगे, पथ्थरकोट र घोराहीसहित विभिन्न सहरमा पनि नाचिने गरिन्छ। बुटवलको जितगढीमा आयोजना हुँदै आएको सरायँ नाचले पनि यस क्षेत्रको सांस्कृतिक परम्परालाई निरन्तरता दिएको संस्थापक ऋषि आजाद बताउनुभयो ।

    अध्यक्ष दिपक पन्थीले परम्परागत संस्कृति जोगाउन र जितगढीको महिमालाई जोगाउन सरायँलाई निरन्तरता दिएको बताउनुभयो। पञ्चेवाजासहित भएको सराय नाचमा स्थानीय तथा संस्कृतिप्रेमीहरूको सहभागिता रहेको थियो।

    नेपाली बृहत् शब्दकोशमा अर्घाखाँचीलाई सरायँको व्युत्पत्तिस्थल मानिएको छ।यहाको सरायमा बुटवलका मेयर खेलराज पाण्डेय ,उपप्रमुख साबित्रादेवी अर्याल र वडाध्यक्ष नारायण पुन लगायतको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, कार्तिक १० २०८३१२:०१:०२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology