Logo बिहिवार, कार्तिक ६ गते २०८३
images

आज बडादशैं : टीका लगाउने उत्तम साइत बिहान १०ः२६ बजे

आज बडादशैं : टीका लगाउने उत्तम साइत बिहान १०ः२६ बजे

  • 513
    SHARES

  • आज बडादशैं : टीका लगाउने उत्तम साइत  बिहान १०ः२६ बजे

    काठमाडौं, कात्तिक ४ ।

    आज नेपालीहरुको महान पर्व विजयादशमीको टीका ग्रहण गरी मनाइँदैछ । आजको दिन मान्यजनहरुबाट टीका, जमरा र शुभआशीर्वाद ग्रहण गर्ने उत्तम समय १० बजेर २६ मिनेटमा रहेको छ । 

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने साइत बिहान १०ः२६ बजे छ । समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा छ। समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमीका दिन दिनभर टीका लगाउन साइत छ ।

    टीका लगाउँदा कता फर्कने

    समितिका अनुसार टीका लगाइदिने मान्यजन पूर्व र टीका थाप्ने व्यक्ति पश्चिम दिशा फर्केर बस्नु पर्नेछ । दसैंमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गरिन्छ ।

    यसदिन परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा बसेर मान्यजनबाट आशीर्वाद लिने चलन छ । नेपाली समाजमा कोजाग्रत पूर्णिमासम्म  टीका लाउने र आशीर्वाद लिने प्रचलन छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology