Logo बिहिवार, कार्तिक ६ गते २०८३
images

जि २५ सेभेन ए साईड भेट्रान्स कप फुटबलको उपाधि बुटवल वडा नं ४ लाई

जि २५ सेभेन ए साईड भेट्रान्स कप फुटबलको उपाधि बुटवल वडा नं ४ लाई

  • 381
    SHARES

  • जि २५ सेभेन ए साईड भेट्रान्स कप फुटबलको उपाधि बुटवल वडा नं ४ लाई

    बुटवल.असाेज २९ ।

    बुटवलमा सम्पन्न वडास्तरीय दोस्रो जि २५ सेभेन ए साईड भेट्रान्स कप फुटबल प्रतियोगिता २०८३ को उपाधि वडा नं ४ ले चुमेको छ । शुक्रबार भएको फाईनलमा वडा नं ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै वडा नं ४ विजेता बनेको हो । उपाधिसंगै वडा नं. ४ ले नगद रु. १ लाख ५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता वडा नं. ११ भने रु. ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।

    प्रतियोगितामा वडा नं २ अनुसाशित टिमका रुपमा गद १० हजार रुपैया र कपबाट पुरस्कृत भयो । यसैगरि वडा नं ११ का सोम बहादुर थापा (सुरज) उत्कृष्ट खेलाडी, वडा नं ४ का लक्ष्मण गौतम उत्कृष्ट गोलकिपर, वडा नं १० का घनश्याम श्रेष्ठ (६३ वर्ष) जेष्ठ खेलाडी, वडा नं १० का भरत थापा र वडा नं ४ का दिनेश बजिमय हाईस्कोररबाट पुरस्कृत भए ।

    देविनगरस्थित एन्फा एकेडेमीको खेलमैदानमा भएको निक्कै प्रतिस्पर्धात्मक फाईनलमा वडा नं ११ का देवान गुरुङले गोल गर्दै अग्रता लिएको थियो तर पहिलो हाफकै अन्तिम समयमा वडा नं ४ का दिनेश बजिमयले बराबरी गोल गरे । यसैगरि रमेश मल्लले दोस्रो हाफमा गोल गर्दै टिमलाई जित निकाले । खेलमा वडा नं ४ का रमेश मल्ल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

    एक समारोहका खेलराज पाण्डेय, प्रथम पुरस्कार सौजन्यकर्ता तथा समाजेसवी विष्णु हमाल, आवास ग्रुपका एमडी महेश थैव, बुटवल उपमहानगरपालिकाका वरिष्ठ ईन्जिनियर सुमन श्रेष्ठ, क्लबका अध्यक्ष सजन कुमार भारी, उपाध्यक्ष तेजेन्द्र खनाल,लेखा संयोजक विष्णु आचार्यले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा नगरभित्रका वडास्तरका भेट्रान्स खेलाडीहरुको १२ वटा टिमहरु प्रतिस्प्रर्धा गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, आश्विन ३० २०८३११:५४:३८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology