बुटवल ,कार्तिक ।
नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं. २ (ख) को आयोजनामा विजयादशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
क्षेत्र नं. २ (ख) का सभापति रविन्द्रमान श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति प्रजापाल गिरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा महाधिवेशन प्रतिनिधि धन लामा, बुटवल उपमहानगरपालिका नगर सभापति ज्योति भण्डारी, प्रदेशसभा क्षेत्र नं. २ (क) का सभापति जोवानसिंह ठकुरी तथा सैनामैना नगर सभापति विमल ज्ञवाली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि धन लामा, प्रदेशसभा क्षेत्र नं. २ (क) का सभापति जोवानसिंह ठकुरी, बुटवल उपमहानगरपालिका नगर सभापति ज्योति भण्डारी, सैनामैना नगर सभापति विमल ज्ञवाली , क्षेत्रीय सचिब छाया पोख्रेल क्षेत्रीय सभापति प्रजापाल गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
वक्ताहरूले विजयादशमी, शुभदीपावली तथा छठ पर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै पार्टीभित्र एकता, सहकार्य र समन्वय कायम गरी संगठनलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रममा लुम्बिनी भूगोलबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित बालकुमारी भण्डारीले पठाउनुभएको शुभकामना सन्देश प्रदेश सभापती रबिन्द्रमान श्रेष्ठले वाचन गरेर सुनाउनुभएको थियो।
सन्देशमार्फत भण्डारीले चाडपर्वका अवसरमा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो।
यसैगरी, सभापति श्रेष्ठले गणेशमान सिंह स्मृति भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका बुटवल उपमहानगरपालिका वडा नं. २ का नेता स्वर्गीय गोपालप्रसाद श्रेष्ठको योगदानको स्मरण गर्नुभएको थियो। उहाँले पार्टीको संगठनात्मक विकास तथा भौतिक संरचना निर्माणमा योगदान पुर्याउने अग्रजहरूको सम्मान र योगदानको स्मरण गर्नु सबैको दायित्व भएको बताउनुभएको थियो।
कार्यक्रमले नेपाली कांग्रेसका क्षेत्रीय, प्रदेश तथा नगर तहका नेतृत्व र कार्यकर्ताबीच आपसी सम्बन्ध, एकता र सहकार्यलाई थप मजबुत बनाउँदै चाडपर्वको खुसी साटासाट गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।कार्यक्रमको सञ्चालन क्षेत्र नं. २ (ख) का सचिव कृष्ण केसीले गर्नुभएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)