Logo शुक्रवार, आश्विन ३० गते २०८३
images

डेढ करोडको लगानीमा बुटवल अमरपथमा ९९ मार्ट

डेढ करोडको लगानीमा बुटवल अमरपथमा ९९ मार्ट

  • 192
    SHARES

  • डेढ करोडको लगानीमा बुटवल अमरपथमा ९९ मार्ट

    बुटवल, असोज २९।

    फ्रेण्ड्स इन्टरनेसनल ट्रेड प्रालिले बुटवल अमरपथमा ९९ मार्ट सन्चालनमा ल्याएको छ । बुटवलका स्थानीय सात जना युवाले स्थानीयको मागका आधारमा ९९ मार्ट संचालनमा ल्याएका हुन् । मार्टमा ग्रोसरी, ब्युटि, किचनलगायतका ९९ मुल्य जोडिएका सबै प्रकारका सामग्री राखिएको छ ।

    डेढ करोडको लगानीमा बुधबारदेखि सन्चालनमा आएको ९९ मार्टमा १७ जना युवा युवतिले रोजगारी पाएको सन्चालक नारायण बेल्बासेले जानकारी दिनुभयो । बुटवलका मेराजुदिन मियाँ, आसिक अली, नारायण बेलबासे, मोहमद कलिम, मोहमद फिरोज अलाउदिन अलीले मार्ट सन्चालनको अवसरमा बुधबार बिहान मार्टको संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

    मार्ट खोलिएको अमरपथको सो क्षेत्रमा कुनै किसिमको त्यस्ता व्यवसाय नरहेको र सोही अभावलाई पुर्तिगर्नकालागि मार्ट संचालनमा ल्याएको संचालनकले बताए । मार्ट संचालनमा ल्याइएको भवनको तीन तल्लामा खाद्यान्न, ब्युटि, सावुनसर्फ, प्लाष्टिक सामग्री, खेलौनालगायतका सामग्रीहरु राखिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, आश्विन २९ २०८३१०:२५:५५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology