बुटवल,साउन २७ -
लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनको रणनैतिक बैठक लुम्बिनी स्थित लुम्बिनी गार्डेन रिसाेर्टमा जारी छ । ती दलहरूका छुट्टाछुट्टै संसदीयदलका बैठक चलिरहेको हुन् ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका उनीहरू सरकार ढाल्ने अन्तिम कसरतमा छन् । प्रदेशसभामा आज १ बजेबाट शुरु हुने प्रदेशसभाको विशेष अधिवेशनमा दलको भुमिकाका विषयमा छलफल भैरहेको छ ।
२ दिनमा २ वटा रिसोर्टमा बसेका विपक्षी ४१ जना सांसदहरु बैठक पश्चात सिधै प्रदेशसभामा उपस्थित हुने तयारी गरिएको नेपाली कांग्रेस प्रदेश संसदीयदलका प्रमुख सचेतक फकरुद्दीन खानले बताए ।
उनले सत्तापक्षबाट बहिस्कार गरेरपनि प्रदेशसभाको प्रक्रिया नरोकिने जनाउँदै सकेसम्म आजै मतदान प्रक्रियामा लैजाने प्रयास गरिएको बताए ।
यी समाचार पनि हेराैँ : -
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)