Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशसभामा सत्तारुढ सांसदको ‘तमासा’, संसद बहिस्कार,बजेट अलपत्र !

लुम्बिनी प्रदेशसभामा सत्तारुढ सांसदको ‘तमासा’, संसद बहिस्कार,बजेट अलपत्र !

  • 4.7K
    SHARES

  • लुम्बिनी प्रदेशसभामा सत्तारुढ सांसदको ‘तमासा’, संसद बहिस्कार,बजेट अलपत्र !

    बुटवल,असार ३१-

    लुम्बिनी प्रदेशसभामा सत्तारुढ सांसदको ‘तमासा’ देखाएका छन् । प्रदेश सभा बैठकबाट सत्तापक्ष बाहिरिएपछि सदन आधा घण्टाका लागि स्थगित भएको छ ।

    आजको कार्यसूचि अनुसार प्रदेश सभामा बजेट निर्णयार्थ पेस हुनुअगावै मुख्यमन्त्री शंकर पोखरेलसहित सत्ता पक्षका सांसदले संसद बहिस्कार गरेपछि सदन रोकिएको हो । 

    बजेट पारित गर्न सरकारलाई मत नपुग्ने देखिएपछि उनीहरू बाहिरिएका हुन् । सरकार अल्पमतमा छ । सभामुख पूर्णबहादुर घर्तिले साढे ५ बजेसम्मका लागि सदन स्थगित गरेका छन् । मुख्यमन्त्री पोखरेलको जवाफी सम्बोधनपछि सत्तापक्षका सांसदले याेजनाबद्ध रूपमा बैठक छाडेर बाहिरिएका हुन् । 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको दाबी गर्दै विपक्षी गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए । 

    ८३ सदस्यीय प्रदेश सभामा अहिले नेकपा (एमाले)को पक्षमा तीन जना जसपाको महन्थ ठाकुर पक्षकासहित ४१ र विपक्षी गठबन्धनमा सभामुखसहित ४२ जना छन् । 

    एमाले सांसद अजय शाही भने बिरामी भएकाले अनुपस्थित छन् ।

    yuba sang.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology