बुटवल,असार १८-
सरकारमा सहभागी एक राज्यमन्त्रीले साथ छाडेसंगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएका छन् । जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै सरकार अल्पमतमा परेको हो ।
पोखरेलले गत जेठ २८ गते संसदमा सम्बाेधन गर्दै भनेका थिए -‘बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा बस्दिन ।’ के अब उनले नैतिकताका आधारमा राजीनामा देलान् त ? सबैको चासाे छ ।
यता नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले नागरिक अनलाइनसंग भने-‘मुख्यमन्त्री पोखरेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’ उनले भने-‘राज्यमन्त्रीको राजीनामासँगै मुख्यमन्त्रीले बहुमत गुमाएका छन्-’ बहुमत गुमेको एक मिनेट पनि सत्तामा रहन्न भनेका उनले के गर्छन,अब के हेराैँ ।’
लुम्बिनी प्रदेशसभामा हाल कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेका ३८ जना छन् । जसपाका ४ जना सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो । तर राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकारको पक्षमा ४१ जना सांसद मात्र हुन पुगेका छन् ।
सरकारलाई बहुमत पुग्न कम्तीमा ४२ सांसद चाहिन्छ । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४२ जना सांसद सरकारको विपक्षमा छन् ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुस्
यी खबरहरू पनि पढाैँ:-
👉लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमनले दिइन् राजीनामा
👉बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा बस्दिन भन्ने लुम्बिनीका मुख्यमन्त्रीले राजीनामा देलान् ?
👉लुम्बिनीका मुख्यमन्त्री शंकर पाेखरेल फेरिपनि अल्पमतमा !
👉शंकर पाेखरेलले लुम्बिनीमा बनाए नेपालमै दाेस्राे ठूलाे प्रदेश मन्त्रिपरिषद (सूचिसहित)
👉लुम्बिनीमा शंकर पोखरेलको नयाँ क्याविनेट : जसपालाई काखा,एमालेलाई पाखा !
👉लुम्बिनी प्रदेश सरकारको रेकर्डमा ८ जना मात्रै मन्त्री,दुई गायब !
👉मुख्यमन्त्रीकै गृह जिल्लाका सांसद डाँगीले पोखरेलको साथ छोडे,लागे माओवादीतिर !
👉लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता,४० सांसदको हस्ताक्षर (पूर्णपाठसहित)
👉लुम्बिनीका बहुमत सांसदले गरे अल्पमतका मुख्यमन्त्रीको पद खारेज,प्रदेशभर बहिस्कार गर्ने निर्णय !
👉 लुम्बिनीमा एमाले छाेडेका सांसद पाण्डेय कांग्रेस प्रवेश,राष्ट्रिय सभामा उम्मेदवार बनाइने
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)