Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मुख्यमन्त्रीकै गृह जिल्लाका सांसद डाँगीले पोखरेलको साथ छोडे,लागे माओवादीतिर !

मुख्यमन्त्रीकै गृह जिल्लाका सांसद डाँगीले पोखरेलको साथ छोडे,लागे माओवादीतिर !

  • 4.7K
    SHARES

  • मुख्यमन्त्रीकै गृह जिल्लाका सांसद डाँगीले पोखरेलको साथ छोडे,लागे माओवादीतिर !

    बुटवल,वैशाख २२-

    नेकपा एमालेका सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन्।उनी एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं २ ख बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

    डाँगीले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेर नेकपा माओवादी केन्द्रको उम्मेदवारको पक्षमा उभिएका हुन् । बुधबार प्रदेशसभा सचिवालयमा आएर उनले राजीनामा बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ।

    प्रदेशसभा सचीव दुर्लभ कुमार पुनले प्रदेशसभा सदस्य डाँगीले राजीनामा बुझाएको र सभामुखको निर्देशन अनुसार प्रक्रिया अगाडि बढाएको जानकारी दिए। amar.jpg

    मुख्यमन्त्री पोखरेलकै गृह जिल्लाका डाँगीले पोखरेलको साथ छोडी माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा गएका थिए।

    यी समाचार पनि पढ्नुहाेस् :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology