Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कार्यालयबाहिर नाराबाजीसहित सुरक्षा घेरा,भित्र शंकर पाेखरेलको सपथ

कार्यालयबाहिर नाराबाजीसहित सुरक्षा घेरा,भित्र शंकर पाेखरेलको सपथ

  • 5.2K
    SHARES

  • कार्यालयबाहिर नाराबाजीसहित सुरक्षा घेरा,भित्र शंकर पाेखरेलको सपथ

    बुटवल,बैसाख १९-

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीको कार्यालयमै पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् ।प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयमा सपथग्रहण गराइएको हो ।

    प्रदेश प्रमुख धर्मनाथ यादव सपथग्रहण गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्ना छिचाेलेर गएका थिए । विपक्षी गठबन्धनका कार्यकर्ताले बाहिर नाराबाजी गरेका थिए । नाराबाजीकैबीच सपथग्रहण भएको हो ।

    बाहिर धर्मनाथ यादव मुर्दाबाद, शंकर पाेखरेल मुर्दाबाद,प्रहरी दमन मुर्दाबाद ,प्रहरी दमन बन्द गर जस्ता नारा लगाइएको थियाे । नाराबाजीमा धकेला धकेल हुँदा ३ जना महिला सांसदमाथि प्रहरीले दुर्ब्यबहार गरेको छ ।

    पोखरेलले आइतवार विहान राजिनामा दिई,सरकार गठनका लागि ४१ सांसदको हस्ताक्षर बुझाएका थिए । सोही बमोजिम प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    यी समाचार पनि पढ्नुहाेस् :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology