Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जसपा लुम्बिनीद्वारा चारै जना नवनियुक्त मन्त्रीलाई२४ घण्टे स्पष्टीकरण,जिम्मेवारीबाट निलम्बन !

जसपा लुम्बिनीद्वारा चारै जना नवनियुक्त मन्त्रीलाई२४ घण्टे स्पष्टीकरण,जिम्मेवारीबाट निलम्बन !

  • 3.9K
    SHARES

  • जसपा लुम्बिनीद्वारा चारै जना नवनियुक्त  मन्त्रीलाई२४ घण्टे  स्पष्टीकरण,जिम्मेवारीबाट निलम्बन !

    बुटवल ,बैसाख ७-

    जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशले मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागि चारै जना नवनियुक्त मन्त्रीलाई स्पष्टीकरण सोध्दै पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको छ।

    उसले पार्टीको निर्णयविपरीत मन्त्री पदको सपथ लिएको भन्दै चारै जनालाई सरकारबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम दिएको छ।

    जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र राजीनामा गरी स्पष्टीकरण बुझाउन भनेका छन्। साथै, चित्तबुझ्दो जवाफ नदिएसम्म उनीहरूलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरिएको यादवले जनाएका छन्।

    सोमबार नै कांग्रेस, जसपा र माओवादीसहितका ४१ जनाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेकै दिन जसपाका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले मन्त्रीको सपथ लिएका थिए।

    यादवले राजीनामा नदिएमा पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि उल्लेख गरेका छन्।

    पार्टीले अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा हस्ताक्षरसमेत गरेका साथीहरू कसरी मन्त्री बनेर जानुभयो किन यस्तो भयो, हामीले सरकारबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम दिएका छौं,’ जनता समाजवादी पार्टीका  संसदीय दलका नेता सहसराम यादवले भने, ‘राजीनामा नदिएमा पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्नेछौं।’

    यसैबीच, जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेश सरकारमा पार्टीका सांसदहरू सहभागी हुनु अनैतिक काम भएको बताएका छन्।

    jasapa lumbini.jpg

    यी समाचार पनि पढ्नुहाेस् :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology