Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

बुटवलमा टीभीएसको ‘अचम्मैको महा एक्सचेन्ज’ मेला सुरु हुँदै

बुटवलमा टीभीएसको ‘अचम्मैको महा एक्सचेन्ज’ मेला सुरु हुँदै

  • 177
    SHARES

  • बुटवलमा टीभीएसको ‘अचम्मैको महा एक्सचेन्ज’ मेला सुरु हुँदै

    बुटवल,कार्तिक १६ ।

    टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज’ अफर बुटवलमा सञ्चालन हुने भएको छ। बालाजी अटोमोबाइल्स, बुटवलको आयोजनामा कार्तिक १५ गतेदेखि २२ गतेसम्म भाटभटेनी, बुटवलमा एक्सचेन्ज मेला आयोजना हुन लागेको हो। मेलामा पुरानो मोटरसाइकल तथा स्कुटरसँग नयाँ टीभीएस मोटरसाइकल तथा स्कुटर साट्न सकिनेछ। कम्पनीले ग्राहकलाई आकर्षित गर्न विभिन्न आकर्षक अफर तथा सुविधा सार्वजनिक गरेको छ। 

    tvs.jpeg

    आयोजकका अनुसार मेलामा पुरानो सवारीसाधनको उच्चतम मूल्याङ्कन, खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याक, १० लाख रुपैयाँसम्म नगद छुट तथा गोल्डेन की जित्ने अवसर उपलब्ध गराइनेछ।

    त्यसैगरी, नयाँ टीभीएस सवारीसाधन खरिद गर्ने ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पाउनेछन्। मेलामा फटाफट फाइनान्सको व्यवस्था हुनुका साथै नागरिकता र लाइसेन्स भएका ग्राहकले पनि फाइनान्स सुविधा लिन सक्ने जनाइएको छ।

    टीभीएसका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर एउटै स्थानमा अवलोकन तथा खरिद गर्न सकिने मेलाले ग्राहकलाई नयाँ सवारीसाधन छनोट गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, कार्तिक १७ २०८३१०:२१:५३
    • Tags:

      # tvs

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology