बुटवल,बैसाख ६-
नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
२०७४ साल फागुन ३ गतेमा माओवादी केन्द्रको समर्थन सहित एमालेका शंकर पोखरेल मुख्यमन्त्री बनेका थिए। माओवादीका तर्फबाट कुलप्रसाद केसी र सुदर्शन बराल मन्त्री बनेका थिए।
२०७५ साल जेठमा २ पार्टी एक भएका थिए। फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पनि मुख्यमन्त्रीलाई माओवादी केन्द्रको समर्थन कायमै थियो।
सोमबार माओवादी केन्द्रले समर्थन फिर्ता लिएर मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ। माओवादी केन्द्रबाट मन्त्री भएका केसी र बरालले पदबाट राजिनामा दिएका छन।
अब सरकार गठनको नयाँ बाटाे खुलेको छ । लुम्बिनी प्रदेश नयाँ सरकार बनाउन ३ दलले सहमति गरेका छन् ।
नेपाली काँग्रेस,माओवादी केन्द्र र जसपाबिच सहमति भएको हाे ।
यी समाचार पनि पढ्नुहाेस् :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)