बुटवल,बैसाख ६-
अविश्वास प्रस्ताव दर्ता लगत्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । नेकपा माओवादी सरकारबाट बाहिरिएसँगै पोखरेलले मन्त्रिमण्डल पुनर्गठनको निर्णय गरेका हुन् ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले नवनियुक्त मन्त्रीहरुको शपथ ४ बजे हुने बताए र उनले साे कार्यक्रममा पत्रकारहरूलाइ निम्ताे समेत दिएका छन् ।
चारै जना जसपाका सांसद रहेको बुझिएको छ।उनले क–कसलाई मन्त्री बनाउन लागिएको भन्नेबारे भनेमा खुलाउन चाहेनन् ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये विजय यादव, सन्तोष पाण्डे र सुमन रायमाझीले सरकारलाई समर्थन गरेको र मन्त्री बन्न तयार भएको स्रोतको दाबी छ ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेका जसपा प्रदेशसभा सदस्य कल्पना पाण्डे पनि मन्त्री बन्ने भएकी छन् ।
सोमवारै ४१ जना सांसदहरुले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएसँगै माओवादी मन्त्रीहरु सरकारबाट बाहिरिएका हुन् ।
राजीनामा दिने मन्त्रीहरूमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् ।
यी समाचार पनि पढ्नुहाेस् :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)