Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीमा नयाँ यात्रा प्रारम्भ भयाे : प्रस्तावित मुख्यमन्त्री केसी

लुम्बिनीमा नयाँ यात्रा प्रारम्भ भयाे : प्रस्तावित मुख्यमन्त्री केसी

  • 5.2K
    SHARES

  • लुम्बिनीमा नयाँ यात्रा प्रारम्भ भयाे : प्रस्तावित मुख्यमन्त्री केसी

    बुटवल,बैसाख ६- 

    लुम्बिनी प्रदेशका प्रस्तावित मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा नयाँ यात्रा प्रारम्भ भएको बताएका छन् ।उनले संविधान, लोकतन्त्र र विकासका लागि लुम्बिनी प्रदेशमा तीन दलबीचको गठबन्धन सरकार बन्ने बताए ।

    लुम्बिनी प्रदेशको विकासका लागि तीन दलबीच गठबन्धन बनेको उनले बताए । सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुले लुम्बिनीको नयाँ यात्रा प्रारम्भ भएको बताएका हुन्।

    ४१ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेपछि माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी दलका नेताहरुले राष्ट्रिय राजनीति र बदलिदो परिवेशअनुसार लुम्बिनी प्रदेशमा नयाँ सरकार बन्ने बताएका हुन् ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट राजीनामा दिएका उनले सहकार्य र साथका लागि मुख्यमन्त्री शंकर पोखरेललाई धन्यवाद दिए । 

     नेपाली काँग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि प्रदेशमा तीन दलका विचमा नयाँ गठबन्धन बनेको बताए । उनले छिट्टै बिशेष अधिवेशन बोलाएर  गठबन्धनको नयाँ सरकार र सस्कृतिको शुरुवात गरिने बताए ।lumbini sarkar.jpg

    जनता समाजवादी पार्टीका नेता सहसराम यादवले मधेश आन्दोलन, जनयुद्ध र जनआन्दोलनका भरमा संघीयता समानुपातिक जस्ता महत्वपूर्ण मुद्धालाई खोस्ने काम गरेको बताए ।

    लुम्बिनीमा नयाँ सरकार गठनका लागि ४३ जना सांसदको आवश्यकता पर्छ । तर, अविश्वासको प्रस्तावमा भने ४१ जना सांसदले मात्रै हस्ताक्षर गरेका छन ।

    तीन दलले सोमबार नै बिशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख धर्मनाथ यादवलाई समावेदन पत्र बुुझाएका छन् ।

    यी समाचार पनि पढ्नुहाेस् :

    •  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology