Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त जसपाका ४ मन्त्रीको सांसद पद नै खारेज ! [बिज्ञप्तिसहित ]

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त जसपाका ४ मन्त्रीको सांसद पद नै खारेज ! [बिज्ञप्तिसहित ]

  • 7.2K
    SHARES

  • लुम्बिनी प्रदेश सरकारका नवनियुक्त जसपाका ४ मन्त्रीको सांसद पद नै खारेज ! [बिज्ञप्तिसहित ]

    बुटवल,बैशाख १६- 

    लुम्बिनी प्रदेश सरकारमा सहभागि जसपाका ४ जना सांसदको पद खारेज भएको छ ।

    जसपाका ४ सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीको सांसद पद खारेज भएको प्रदेशसभा सचिवालयले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ । उनीहरू बैसाख ६ गते मन्त्री बनेका थिए । उनीहरू मध्ये ३ जना मन्त्री र १ जना राज्यमन्त्री हुन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले ६ वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा जसपाका सन्तोषकुमार, विजयकुमार र सुमनले पनि हस्ताक्षर गरेका थिए ।  प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै जसपाका चार सांसदलाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका थिए । 

    जसपाका चार जनामाथि कारवाही भएर पदमुक्त हुँदा प्रदेश सभा ८१ सदस्यीय हुन्छ ।  सरकार ढाल्न विपक्षीलाई एक सांसद अपुग हुन्छ । प्रदेश सभामा एमालेका ४१ जनामध्ये २ जना माधव नेपाल पक्षमा खुलेका छन् ।

    यदि जसपाका चार सांसद पदमुक्त हुने र कर्णालीमा जस्तै एमालेका एक जना सांसदले फ्लोरक्रस गर्ने हो भने मात्रै सरकार ढल्न सक्ने संभावना पनि रहेको छ ।

    4 jana kharej.jpg

    कसैलाई पनि कारवाही भएको छैन :अध्यक्ष महन्थ ठाकुर

    जसपा अध्यक्ष महन्थ ठाकुरले लुम्बिनीका सभामुखलाई बिहीवारै पत्र लेखेर कार्यकारिणी समितिबाट कसैलाई पनि कारवाही नभएको र लुम्बिनीमा ६ सदस्यीय प्रदेश संसदीय दललाई नै लोकतान्त्रिक तरिकाले निर्णय गर्ने स्वायत्तता दिइएको जनाएका छन् ।

    जसपा संसदीय दलका ६ सदस्यमध्ये ४ सदस्य सरकारको पक्षमा लागिसकेका छन् ।jasapa mahanta.jpg

    यी समाचार पनि पढ्नुहाेस् :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology