Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शंकर पोखरेलकै नेतृत्वमा सरकार बनाउने एमाले लुम्बिनी प्रदेश संसदीय दलको निर्णय

शंकर पोखरेलकै नेतृत्वमा सरकार बनाउने एमाले लुम्बिनी प्रदेश संसदीय दलको निर्णय

  • 3.1K
    SHARES

  • शंकर पोखरेलकै नेतृत्वमा सरकार बनाउने एमाले लुम्बिनी प्रदेश संसदीय दलको निर्णय

    बुटवल,बैसाख १९-

    नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले फेरि शंकर पोखरेलकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।

    दलका नेता पोखरेलको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय भएको हाे  ।

    ८१ सदस्यीय प्रदेशसभामा एमालेसँग ४१ सांसद छन् । एमाले बाहेक विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव माथि आजबाट छलफल गर्ने कार्यसूची तय भएको थियो ।

    तर, त्यसअघि नै पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिए । यो प्रदेशमा नेकपा माओवादी केन्द्रले दुई र जनता समाजवादी पार्टी जसपाले चार सांसद निस्कासित गरेको फाइदा मुख्यमन्त्री पोखरेलले उठाएका छन् । आज बसेको दलको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु पनि सहभागी थिए ।

    लुम्बिनीमा विष्णु पन्थी र रमा घर्तिमगर नेता माधवकुमार नेपाल निकट सांसद हुन् ।

    यी समाचार पनि पढ्नुहाेस् :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology