बुटवल,बैसाख २०-
सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसद एमालेमा लागेका छन् । आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने उनीहरुले बताएका छन् ।
हिजो मुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध राती १० बजेसम्म क्रियाशील रहेका उनीहरु एक रातमै पोखरेलको समर्थक बनेका छन् ।
कपिलबस्तु-२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका छन् ।
यी समाचार पनि पढ्नुहाेस् :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)