Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीका डीआईजी धानुकले गरे सांसदमाथि दुर्व्यवहार,कांग्रेस सचेतक क्षेत्री भन्छिन्-‘मलाई न्याय चाहियाे’

लुम्बिनीका डीआईजी धानुकले गरे सांसदमाथि दुर्व्यवहार,कांग्रेस सचेतक क्षेत्री भन्छिन्-‘मलाई न्याय चाहियाे’

  • 4.5K
    SHARES

  • लुम्बिनीका डीआईजी धानुकले गरे सांसदमाथि दुर्व्यवहार,कांग्रेस सचेतक क्षेत्री भन्छिन्-‘मलाई न्याय चाहियाे’

    बुटवल,बैशाख २० ।

    नेपाली कांग्रेसका प्रदेश सचेतक निर्मला क्षेत्रीलाई प्रहरीले हातपात गरेको छ। लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्रीको शपथका बेला विरोधमा उत्रेका उनीसहित ३ महिला सांसदमाथि प्रहरीले दुर्व्यवहार गरेको हो। 

    प्रदेश प्रमुख धर्मनाथ यादव नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय शपथ खुवाउन जानेबेला विरोधमा उत्रेका सांसद क्षेत्रीसहित महिला सांसदमाथि प्रहरीले दुर्व्यवहार गरेको हो। 

    कांग्रेस लुम्बिनी प्रदेशका सचेतक क्षेत्रीले आफूमाथि लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्रबहादुर धानुकले हातपात गरेको आरोप लगाइन्।
    ‘हामीले शान्तिपूर्ण रुपमा विरोध गरेका थियौं। त्यही बेला डीआईजी धानुक आएर हातपात गर्नुभयो, मैले कहाँ न्याय पाउँछु’, सांसद क्षेत्रीले भनिन्। आफूलाई डीआईजीले हात समातेर हुत्याएर फालेको उनको भनाइ छ। उनले मुख्यमन्त्रीले राजीनामा दिएकोलाई प्रदेश प्रमुख धर्मनाथ यादवले असंवैधानिक रुपमा मुख्यमन्त्री कार्यालयमा पुगेर शपथ खुवाएको आरोप लगाइन्। 

    यस्तै अर्का कांग्रेस सांसद पुष्पा थरुनीले चोरबाटोबाट मुख्यमन्त्री कार्यालयमा प्रदेश प्रमुख गएर शपथ खुवाउनु असंवैधानिक भएकाले विरोध जनाउँदा प्रहरी प्रमुखले सचेतकलाई नै हातपात गरेकाले कारबाहीको माग गरिन्।

    अपराह्नदेखि प्रदेश प्रमुख कार्यालय घेराउ गरेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका सांसदहरुलाई छलेर मुख्यमन्त्री कार्यालयमा शपथ गरिएको थियो। 

    यी समाचार पनि पढ्नुहाेस् :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology