बुटवल,बैसाख २०-
लुम्बिनी प्रदेशका बिपक्षी (बहुमत) सांसदले अल्पमतका मुख्यमन्त्री शंकर पोखरेलको पद खारेज गरेको घोषणा गरेका छन् ।
उनीहरुले बुटवलमा पत्रकार सम्मेलन गर्दै अल्पमतका मुख्यमन्त्री पोखरेललाई प्रदेशभर बहिस्कार गर्ने निर्णय समेत गरेका हुन् । अल्पमतका नेता शंकर पोखरेललाइ मुख्यमन्त्री नयुक्ति गरेको र स्वेच्छाचारी कदम चालेको भन्दै प्रदेश प्रमुख धर्मानाथ यादवलाइ बर्खास्त गर्न समेत माग गरेको छ ।
सो पत्रकार सम्मेलनमा कांग्रेस ,माओबादी ,जसपा र जनमोर्चा गरी चारदलका संसदीय दलका नेता तथा सांसद सहभागि थिए ।
हेराैँ प्रेस बिज्ञप्ती : 

यी समाचार पनि पढ्नुहाेस् :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)