बुटवल,बैसाख २३-
लुम्बिनी प्रदेशमा भर्खरै बनेको नयाँ सरकारले आफ्नो वेभसाइट समेत सहि ढंगले चलाउन सकेको छैन । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेभको अपडेट छैन ।
प्रदेशमा रस्साकस्सीका साथ बैसाख १९ गते शंकर पोखरेल नेतृत्वमा दोस्रो पटक सरकार बनेको हो । यसअघि २०७४ साल फागुन ३ गते पहिलोपटक प्रदेश सरकार बनाइएको थियो । प्रदेशमा बैसाख २१ गते मंगलबार १० सदस्यीय मन्त्रीमण्डल बनाइएपनि सरकारको रेकर्डमा त्यो देखिदैन ।सरकारले चलाउने आधिकारिक वेभसाइट लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेभमा अहिले ८ जना मात्रै मन्त्री देखिन्छन् । ती मध्ये २ जना त पूर्वमन्त्री भैसके । कोराेना महामारीका बेला नयाँ सरकार गठन भएपनि जनताका पीडा भने झन् बढ्न थालेका छन् ।
जनता उपचार नपाएर ,बेड र अक्सिजन नपाएर ज्यान गुमाइरहेका छन् । सरकार बनेको ६ दिन बितिसक्दापनि १० जना मन्त्रीको नाम समेत अद्याबधिक हुन नसकेपछि सरकारलाई प्रविधिमैत्री भनिरहन उचित हाेला र प्रश्न उठिरहेको छ ।
हेर्नुस् प्रदेश प्रमुखले जारी गरेको प्रेस बिज्ञप्ति र प्रदेश सरकारको वेभ पाेर्टलको स्क्रिन सर्ट :

यी समाचार पनि पढ्नुहाेस् :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)