बुटवल,असार १८-
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन् । उनले जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगरेको बताउँदै सरकारमा रहन नसक्ने भन्दै राजीनामा दिएकी हुन् ।
उनले मुख्यमन्त्री शंकर पोखरेललाई बुझाएको राजीनामा पत्रमा भनेकी छन्–‘जनता समाजवादी पार्टी नेपाल तपाईको नेतृत्वमा रहेका सरकारलाई समर्थन नरहेकोले मैले तपाईको सरकारमा पार्टीको समर्थन र सहयोग बिना यस प्रदेशको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकोले नेपालको संविधानको धारा १६९ को २ को क बमोजिम आजको मितिबाट लागू हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ।’
उनी गत बैशाख ६ गते राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् । राजीनामापछि उनी जसपामा उपेन्द्र यादव पक्षमा लागेकी छन् ।उनको राजीनामापछि मुख्यमन्त्री शंकर पाेखरेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । ८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका ३८ सदस्य छन् । रायमाझीसहित जसपाका ४ सांसदको समर्थनमा ४२ सांसद जुटाएर मुख्यमन्त्री पोखरेलले बहुमत पुर्याएका थिए । अब उनको समर्थनमा ४१ सांसद मात्र छन् ।
यी खबरहरू पनि पढाैँ:-
👉बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा बस्दिन भन्ने लुम्बिनीका मुख्यमन्त्रीले राजीनामा देलान् ?
👉लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमनले दिइन् राजीनामा
👉लुम्बिनीका मुख्यमन्त्री शंकर पाेखरेल फेरिपनि अल्पमतमा !
👉शंकर पाेखरेलले लुम्बिनीमा बनाए नेपालमै दाेस्राे ठूलाे प्रदेश मन्त्रिपरिषद (सूचिसहित)
👉लुम्बिनीमा शंकर पोखरेलको नयाँ क्याविनेट : जसपालाई काखा,एमालेलाई पाखा !
👉लुम्बिनी प्रदेश सरकारको रेकर्डमा ८ जना मात्रै मन्त्री,दुई गायब !
👉मुख्यमन्त्रीकै गृह जिल्लाका सांसद डाँगीले पोखरेलको साथ छोडे,लागे माओवादीतिर !
👉लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता,४० सांसदको हस्ताक्षर (पूर्णपाठसहित)
👉लुम्बिनीका बहुमत सांसदले गरे अल्पमतका मुख्यमन्त्रीको पद खारेज,प्रदेशभर बहिस्कार गर्ने निर्णय !
👉 लुम्बिनीमा एमाले छाेडेका सांसद पाण्डेय कांग्रेस प्रवेश,राष्ट्रिय सभामा उम्मेदवार बनाइने
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)