Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तीनवटै सरकारले संविधानको सही पालना गर्नुपर्छ : प्रदेश प्रमुख अमिक शेरचन

तीनवटै सरकारले संविधानको सही पालना गर्नुपर्छ : प्रदेश प्रमुख अमिक शेरचन

  • 3.0K
    SHARES

  • तीनवटै सरकारले संविधानको सही पालना गर्नुपर्छ : प्रदेश प्रमुख अमिक शेरचन

    बुटवल,साउन १८।

    लुम्बिनी प्रदेशका नव नियुक्त प्रदेश प्रमुख अमिक शेरचनले तीन तहका सरकारले संविधानको सही पालना गर्नुपर्ने बताएका छन् ।
    नेकपा माओवादी केन्द्र रुपन्देहीले आज सोमबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान बनेकोे पनि चर्चा गरे ।

    ठूलो राजनीतिक त्याग र बलिदानले नयाँ संविधान निर्माण भएको भन्दै यसले गरेको परिकल्पना अनुसार राज्य संचालन गरिनुपर्ने धारणा राखे । लुम्बिनी प्रदेशलाई समृद्द प्रदेश बनाउन आफूले सक्दो भूमिका खेल्ने बताउँदै प्रदेश प्रमुखले विधि र प्रक्रिया अनुरुप प्रदेश सरकार चल्नुपर्ने औंल्याए ।

    कार्यक्रममा मओवादी केन्द्रका नेताहरु हकिकुल्ला खाँ, प्रदेश सांसद दिपा बिक,रूपन्देहीका सचिव निर्मल जीसी, रिज्जु श्रेष्ठ लगायतले शेरचनलाई खादा तथा सम्मानपत्रले सम्मान गरे । 

    उक्त अवसरमा बोल्दै माओवादी केन्द्र रुपन्देहीका सचिव निर्मल जीसीले लुम्बिनी प्रदेश सरकार जनप्रतिनिधिको भावना अनुसार चल्न नसकेको आरोप लगाए । कार्यक्रमा लुम्बिनी प्रदेशका अगुवा पार्टी कार्यकताहरु सहभागि थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology