बुटवल,साउन १५ ।
लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना सांसद पदमुक्त भएका छन् ।प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन् ।
सांसदबाट पदमुक्त भएका तीनै जना मुख्यमन्त्री शंकर पोखरले नेतृत्वको प्रदेश सरकारमा मन्त्री छन् ।
जसपाको उपेन्द्र यादव पक्षकै निर्णयका आधारमा १४ वैशाखमा पाण्डेय, यादव र पाण्डेयसँगै सुमन शर्मा रायमाझी पदमुक्त भएका थिए ।
प्रदेशसभा सदस्य र पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको पत्र जसपा संसदीय दलमार्फत आएकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सभामुखले तीन सांसदलाई पदमुक्त गरेको सूचना टाँस्न लगाएको सूचनामा उल्लेख छ । अव सरकारको पक्षमा ३८ र विपक्षी गठबन्धनमा ४१ सांसद भएका छन् ।
प्रदेशसभाको सूचना हेराैँ :

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)