Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अब व्यवस्थित रूपमा सञ्चालन हुने,स्वामित्व हस्तान्तरण

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अब व्यवस्थित रूपमा सञ्चालन हुने,स्वामित्व हस्तान्तरण

  • 84
    SHARES

  • बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अब व्यवस्थित रूपमा सञ्चालन हुने,स्वामित्व हस्तान्तरण

    बुटवल, कात्तिक १४ ।  

    निर्माण सम्पन्न भएको चार वर्षसम्म पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अब व्यवस्थित रूपमा सञ्चालन गर्न स्वामित्व हस्तान्तरण गरिएको छ । यस अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्वामित्व तथा सञ्चालनको जिम्मेवारी विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई बिहीबार हस्तान्तरण गरिएको हो । 

    लुम्बिनी प्रदेशमा गौरवको आयोजना अन्तर्गत बुटवलमा निर्माण गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयास थालिएको छ । आठ वर्ष लागाएर एक अर्ब ११ करोड रुपियाँ खर्च गरी निर्माण गरिएको सम्मेलन केन्द्र पूर्ण रूपमा सञ्चालनमा नआउँदा यसको उपयोगितामाथि प्रश्न उठ्दै आएको थियो ।

    सम्मेलन केन्द्रका १३ वटा सभा हलमध्ये एउटा ठुलो हल मात्र आंशिक रूपमा सञ्चालनमा छ भने बाँकी १२ वटा सभा हल प्रयोगमा आउन सकेका छैनन् । बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँगै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने योजना अन्तर्गत यो संरचना निर्माण गरिएको हो ।

    नेपाल सरकारको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलीप भण्डारी तथा पूर्वाधार विकासमन्त्री सुनील लम्सालका सल्लाहकार मधु अर्यालको उपस्थितिमा आयोजित कार्यक्रममा सम्मेलन केन्द्र समितिलाई हस्तान्तरण गरिएको हो ।

    सिनियर डिभिजनल इन्जिनियर कीर्तिकान्त साहले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश, २०८१ बमोजिम आवश्यक कागजातसहित सम्मेलन केन्द्रका कार्यकारी निर्देशक धर्मराज खड्कालाई संरचना हस्तान्तरण गर्नुभएको हो । उक्त अवसरमा कार्यकारी निर्देशक खड्काले सम्मेलन केन्द्रलाई पारदर्शी रूपमा सञ्चालन गर्दै सेवाग्राहीको अधिकतम सन्तुष्टि र उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोगमा जोड दिइने बताउनुभयो ।

    सम्मेलन केन्द्रको सञ्चालनसम्बन्धी कार्यविधि निर्माण तथा स्वीकृतिमा भएको ढिलाइका कारण लामो समयसम्म यसको व्यवस्थित उपयोग हुन सकेको थिएन । सञ्चालनमा नआए पनि भवनको सरसफाइ, विद्युत्, पानी, हेरचाह र कर्मचारी व्यवस्थापनमा लाखौँ रुपियाँ खर्च हुँदै आएको छ ।

    साढे नौ बिघा क्षेत्रफलमा फैलिएको सम्मेलन केन्द्रमा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन तथा कार्यक्रम सञ्चालन गर्न मिल्ने सुविधा उपलब्ध छन् । यहाँ चार सय चारपाङ्ग्रे सवारीसाधन र चार सय मोटरसाइकल पार्किङ गर्न सकिने व्यवस्था छ । लिफ्टसहित निर्माण गरिएको भवनमा मुख्य सभा हल, बैठककक्ष र बहुउद्देश्यीय हल छन् । मुख्य सभा हलमा ८७२ वटा कुर्सी जडान गरिएका छन् । सभा हलबाहेक छ वटा बैठक हल र दुई वटा बहुउद्देश्यीय हल निर्माण गरिएका छन् । यति ठुलो संरचना बनेर पनि पूर्ण क्षमतामा सञ्चालन नहुँदा सरकारी लगानीको अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन ।

    dhan khet.jpg

    यो सम्मेलन केन्द्र पूर्ण रूपमा सञ्चालनमा आए बुटवलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन, गोष्ठी, प्रदर्शनी र व्यावसायिक कार्यक्रम आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ ।

    यसले बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार गर्न, पर्यटन प्रवर्धन गर्न र स्थानीय व्यवसायीलाई लाभ पुर्‍याउन सक्ने व्यवसायी प्रकाश भुसालको भनाइ छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology