बुटवल,साउन २१ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सरकारी निवासमा प्रदेश सांसद विमला खत्री वलीलाइ ५ दिन बन्धक बनाएको पुष्टी भएको छ। नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय बुटवलमा बिहीबार पत्रकार सम्मेलन गरी सांसद वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा बन्दी बनाइएको पुष्टी गरिन् ।
यसबारेमा सबैभन्दा पहिले नागरिक अनलाइनमा समाचार ब्रेक गरिएको थियो ।मेराे बदनाम गर्न एमालेमा फर्किएँ भनेर जबरजस्ती ३ ठाँउमा हस्ताक्षर गराएर साउन १९ गते एमालेले विज्ञप्ति जारी गराएको बताइन् ।

नेकपा एमाले प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मानबहादुर राउत तुलसीपुरस्थित आफ्नो घरमा पुगेको उनले बताएकी छन् ।उनीहरुले एमालेमा आउन दबाव दिएको, तर आफूले यसअघि नै इन्कार गरेको बताइन् ।
एमाले प्रमुख सचेतक ढकाल यसअघि प्रदेशसभाका लागि गाडी खरिदको अनियमिततामा पनि मुछिएका थिए । उनै ढकालले ‘हामी पनि नेपालगञ्ज जाने हो,सँगै जाऔं’ भनेर घरबाटै लगे,विश्वास गरेर गाडीमा बसें ।’बिमलाले पत्रकार सम्मलेलनमा भावुक हुँदै भनिन् ।
तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासी बुटवलतिर मोडेको भन्दै उनले भनिन्, ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहें । उहाँहरुले एक पटक मुख्यमन्त्रीलाई भेट्नुपर्यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवासमा पुर्याइयो ।’
आफूले गत १९ वैशाखमै पत्रकार सम्मेलन गरेर नेकपा माओवादी केन्द्र रोजेको जानकारी गराएको भन्दै उनले भनिन्, ‘म माओवादी केन्द्र हो, माओवादीमै रहन्छु ।’ मुख्यमन्त्री पोखरेलले पहिला गल्ती भयो,अब त्यस्तो हुँदैन ।
एमालेमा आउनुस्, मन्त्री बन्नुस् भनेर प्रलोभन देखाएको प्रदेशसभा सदस्य वलीले बताएकी छन् । उनले अघि भनिन्, ‘मैले निरन्तर इन्कार गरिरहें । साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कनै नदिई दबाब दिइरह्यो ।’
मुख्यमन्त्री निवासमै जबरजस्ती विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको र अन्य तीनवटा माइन्युटमा पनि आफूलाई हस्ताक्षर गराएको बताइन् । त्यसपछि पनि आफूलाई बाहिर आउन नदिएको भन्दै उनले भनिन्, ‘अब घर जान दिन्छन् र बाहिर गएर खण्डन गर्छु भन्ने सोचेको थिएँ तर अझ कडाइका साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै राखियो ।’
आफूलाई मुख्यमन्त्री निवासमा सांसद सरस्वती गौतमसँगै राखेको उनले बताइन्। उनको अनुहार मलिन र तनावपूर्ण देखिन्थ्यो ।बिमलाका अनुसार २० गते उनी मुख्यमन्त्री निवासबाट भाग्न सफल भएकी थिइन् । ‘भाग्ने त पहिल्यै प्लान गरेको थिएँ । कमला विक माननीयले घर जान्छु भन्नुभयो, मैले हुन्छ भनें ।’
त्यही बेला कसैलाई नदेखेपछि भागेर इरिक्सामा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भागेर आएको उनले बताइन् ।
आफ्नो सेण्डिल लगाउँदा हिडेको आवाज आउने भएपछि त्यहीको शौचालयको चप्पल लगाएर माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आएको उनले बताइन् । उनले कपडा र ब्याग अहिलेपनि मुख्यमन्त्री पोखरेल सरकारी निवासमा रहेको बताइन् । तर उनले कानुनी उपचार खाेज्नेबारेमा अहिल्लै केहि तयारी नभएको बताइन् ।
बिमलाको प्रेस बिज्ञप्ति बाचन भने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगर बसन्तले गरेका थिए ।
हेराैँ यी खबरहरु :-

लाइभ भिडियाे हेराैँ - https://www.facebook.com/nagarikonline/videos/250323616711579नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)