Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सांसद बिमलाओलीको बिज्ञप्ती :‘ माओवादी रोज्ने कुरा कानुनी रूपमा ठिक नभएकोले एमालेमै छु’

सांसद बिमलाओलीको बिज्ञप्ती :‘ माओवादी रोज्ने कुरा कानुनी रूपमा ठिक नभएकोले एमालेमै छु’

  • 3.0K
    SHARES

  • सांसद बिमलाओलीको बिज्ञप्ती :‘ माओवादी रोज्ने कुरा कानुनी रूपमा ठिक नभएकोले एमालेमै छु’

    बुटवल,साउन १८। 

    दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख)बाट चुनाव जितेकी लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री ओलीले आफू नेकपा एमालेमै  भएको स्पष्ट पारेकी छन्।

    सोमबार उनले विज्ञप्ति जारी गर्दै आफू एमालेमा भएको जानकारी गराएकी हुन्। केहीसमय यता उनी माओवादी नेताहरूको सम्पर्कमा आएकी थिइनन्। सँगै उनी एमालेमा प्रवेश गरेको भन्ने चर्चा भइरहेको थियो।

    ‘म निर्वाचित भएर प्रदेशसभामा क्रियाशील हुँदै गर्दा पार्टीप्रति मेरो केही गुनासा थिए। एउटा पार्टी कार्यकर्ताको नाताले पार्टीप्रति मेरा र पार्टीको मप्रति गुनासा हुनु स्वभाविकै थियो,उनले विज्ञप्तिमा लेखेकी छन्,’ ती गुनासा र अविश्वासलाई विश्वासमा बदल्दै म नेकपा एमालेप्रति प्रतिबद्ध रहेको र नेकपा एमाले प्रदेशसभा संसदीय दलको सदस्य रहेको स्पष्ट पार्न चाहन्छु।’

    आफू सूर्य चिन्हबाट चुनाव जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेको हुँदा माओवादी रोज्ने कुरा कानुनी रूपमा ठिक नभएकोले एमालेमा रहेको उनले स्पष्ट पारेकी छन्।bimala.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology