Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुखलाई बुझाए ४१ सांसदले हस्ताक्षर (पत्रसहित)

लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुखलाई बुझाए ४१ सांसदले हस्ताक्षर (पत्रसहित)

  • 4.0K
    SHARES

  • लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुखलाई बुझाए ४१ सांसदले हस्ताक्षर (पत्रसहित)

    बुटवल,साउन १८।

    लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनको प्रकृया शुरू हुने भएको छ । ४१ सांसदले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनकोआह्वान गर्न माग गर्दैै प्रमुख अमिक शेरचनसमक्ष हस्ताक्षरसहित निवेदन दिएको हाे ।

    सोमबार नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले प्रदेश प्रमुख समक्ष संयुक्त निवेदन दिएका हुन् ।

    प्रदेशसभामा हाल कायम रहेका ८० सांसदमध्ये नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १८ जना (सभामुख वाहेक), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जनाको हस्ताक्षर छ ।

    प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडिया, माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जसपा नेपालका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाबाट तारा जिसीले निवेदनमा हस्ताक्षर गरेका छन् ।

    मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध आफूहरुले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेको अवस्थामा सो प्रस्तावमाथि छलफल गर्न तत्कालीन प्रदेश प्रमुखले गत वैशाख १९ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको स्मरण गराउँदै उनीहरुले सोही दिन मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि प्रदेशको राजनीति नयाँ मोडमा पुगेको उल्लेख गरेका छन् ।

    निवेदनमा भनिएको छ, ‘ प्रदेशसभामा तत्काल कुनै पनि दलको स्पष्ट बहुमत नरहेकोले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनका लागि आह्वान गर्नुपर्नेमा सो अनुसार नगरी प्रदेशसभामा तत्कालीन समयमा जम्मा ३८ जना सदस्य रहेको नेकपा एमाले दलका नेता माशंकर पोखरेललाई धारा १६८ (१) अनुसार मुख्यमन्त्रीमा प्रदेश प्रमुख मा धर्मनाथ यादव ज्यूबाट संविधान विपरित हुने गरी नेपालको संविधान, संसदीय शासन प्रणालीका आधारभूत मूल्य, मान्यता, मर्म, भावना र संवैधानिक परम्परा विपरित संविधानको जालसाजी प्रयोग गरी नियुक्ति र सपथ गराईयो ।’

    हेराैँ पत्र :-

    lumbini-oposition-partyi.jpglumbini-oposition-party-1.jpg

    lumbini-oposition-party.jpg

    lumbini-oposition-party-2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology