Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध संसद सचिवालयमा तेस्राे पटक अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध संसद सचिवालयमा तेस्राे पटक अविश्वासको प्रस्ताव दर्ता

  • 3.0K
    SHARES

  • लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध संसद सचिवालयमा तेस्राे पटक अविश्वासको प्रस्ताव दर्ता

    बुटवल,साउन १९-

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध स्सद सचिवालयमा तेस्राे पटकअविश्वासको प्रस्ताव दर्ता गरिएको छ । ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

    विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

    नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुदीन खानले अविश्वास प्रस्ताव दर्ता गरिएको र आजै प्रदेश प्रमुखलाई भेटेर विशेष अधिवेशन आह्वानका लागि माग गर्ने नागरिक अनलाइनलाई बताए ।

    विपक्षी गठबन्धनका तर्फबाट सोमबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष लिखित निवेदन पेस गरिएको थियो, जसमा विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गर्न माग गरिएको थियो ।

    तर, संविधानतः प्रदेश प्रमुखबाट त्यसरी सोझै सरकार गठनका लागि आह्वान गर्न नमिल्ने भएका कारण विपक्षी गठबन्धनले प्रदेशसभामा सरकारमाथि अविश्वासको प्रस्ताव पारित गराएर निकास खोज्ने बाटो अवलम्बन गर्न थालेको हो ।

    हेराैँ अविश्वासको  प्रस्ताव :

    lumbini-prov-abiswas-prastab-2.jpg

    lumbini-prov-abiswas-prastab-1.jpg

    lumbini-prov-abiswas-prastab.jpg

    lumbini-prov-abiswas-prastab-3.jpg

    यी समाचार पनि पढाैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology