Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीमा विपक्षी गठबन्धन : मुख्यमन्त्री पोखरेलको राजीनामा माग्दा-माग्दै हैरान !

लुम्बिनीमा विपक्षी गठबन्धन : मुख्यमन्त्री पोखरेलको राजीनामा माग्दा-माग्दै हैरान !

  • 3.4K
    SHARES

  • लुम्बिनीमा विपक्षी गठबन्धन : मुख्यमन्त्री पोखरेलको राजीनामा माग्दा-माग्दै हैरान !

    बुटवल,साउन १- 

    लुम्बिनी प्रदेशका विपक्षी गठबन्धन (चारदल)ले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग्दा माग्दै हैरान परेका छन् ।   उनीहरूले मागेको राजीनामा भने सजिलै आउने कुनै छाटँकाटँ छैन बरू बिपक्षीदल र संसद छलेरै भएपनि शासन लम्बाउने दाउमा मुख्यमन्त्री पोखरेल लागिरहेका छन् ।

    प्रदेश सरकारले आज अध्यादेशमार्फत बजेट जारी गरेपछि रुष्ठ भएको विपक्षी गठबन्धनले बलजफ्ती, निरङ्कुश र स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्नुको सट्टा मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ । 

    प्रदेश सभामा पेश भएको बजेटमाथिको छलफलपछि निर्णयार्थ पेश गर्न लाग्दा पास नहुने देखेपछि हठात् मानसिकताबाट ग्रसित भई अधिवेशनको अन्त्य गरेर सोझै अध्यादेशबाट बजेट ल्याउने कार्य असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदमु रहेको विपक्षी गठबन्धनको ठहर छ । 

    ‘अध्यादेशबाट बजेट ल्याई बलजफ्ती निरङ्कुश र स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्नुको सट्टा मुख्यमन्त्रीले तत्काल राजीनामा दिई संसदीय परम्परा अनुसार बजेट पारित गर्न जोडदार माग आह्वान गर्दछौं ।’-भनिएको छ ।

    नेपाली कांग्रेसका दलका नेता वीरेन्द्र कानोडीया, नेकपा माओवादी केन्द्रका दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टी नेपालका दलका नेता सहस्राम यादव र राष्ट्रिय जनमोर्चाका दलका नेता तारा जिसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ-यस परिघटनाले पोखरेलको नेतृत्वको लुम्बिनी प्रदेश सरकार असंवैधानिक र अल्पमतको सरकार हो भन्ने प्रमाणित गर्दछ ।

    rajimana mag.jpg

    यी खबरहरू पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology