Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले सम्हाले कार्यभार,शंकर पाेखरेल सरकारले गर्याे ‘बहिस्कार’ !

लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले सम्हाले कार्यभार,शंकर पाेखरेल सरकारले गर्याे ‘बहिस्कार’ !

  • 4.9K
    SHARES

  • लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले सम्हाले कार्यभार,शंकर पाेखरेल सरकारले गर्याे ‘बहिस्कार’ !

    बुटवल,साउन १५ -

    आजदेखि लुम्बिनी प्रदेशले नयाँ प्रदेश प्रमुख पाएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आजै कार्यालयमा कार्यभार सम्हालेका छन् ।उनलाई प्रदेश प्रमुखको कार्यालयमा प्रमुखको कार्यालयका कर्मचारीले स्वागत गरेका थिए। साे कार्यक्रममा मुख्यमन्त्री शंकर पाेखरेल नेतृत्वको सरकार र मन्त्रीहरुको सहभागिता थिएन । साे कार्यक्रम सरकारले ‘बहिस्कार’ गरेको हाे । 

    मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र प्रदेश प्रमुखको कार्यालय करिब २ सय मिटरको दुरीमा छन् । सरकारले देखाएको असंस्कारको चाैतर्फी आलाेचना भैरहेको छ ।

    शेरचनलाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो।सरकारले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो।

    पदभार ग्रहण गरेपछि प्रमुख शेरचनले आफूले संविधान बमोजिमका अधिकारअनुरूप काम गर्ने बताए।  संविधान देखाउदै शेरचनले संविधानले निर्दिष्ट गरेको बिषय भन्दा बाहिर जान आफुलाई अधिकार नभएको बताए । 

    नेकपा माओवादीको सिफारिसमा सरकारले शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको हो। शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए। तत्कालिन ओली सरकारले गण्डकीमा शेरचनलाई हटाएर सीता कुमारी पौडेललाई नियुक्त गरेको थियो। 

    लुम्बिनी प्रदेशमा यसअघि उमाकान्त झा र धर्मनाथ यादव प्रदेश प्रमुख भैसकेका छन् ।

    amik serchen chief lumbini.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology