Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठक सकियो,निर्णय किन लुकाइयो ?

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठक सकियो,निर्णय किन लुकाइयो ?

  • 3.5K
    SHARES

  • लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठक सकियो,निर्णय किन लुकाइयो  ?

    बुटवल,साउन २७ ।

    लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठक सकिएकाे छ तर यसमा के-के भयाे भन्नेबारेमा भने सरकार माैन बसेकाे छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद बैठकलगत्तै पार्टी संसदीय दलको बैठक राखेका छन्।

    बुधबार बिहान मुख्यमन्त्री पोखरेल निवासमा मन्त्रिपरिषद बैठक बसेको थियो।अहिले नेकपा एमाले संसदीय दलको बैठक जारी छ।आफूविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि सामाना गर्ने कि राजीनामा दिने भन्नेबारे निर्णय लिन मुख्यमन्त्री पोखरेलले बैठक गरेका हुन्।

    संसदमा फेस गर्ने हिम्मत नभएपछि मुख्यमन्त्री पोखरेलले राजीनामा नै दिने अनुमान गरिएकाे छ ।

    प्रदेश सभामा हाल कायम ८० सांसदमध्ये मुख्यमन्त्री पोखरेलको दल नेकपा एमालेसँग ३८ सांसद रहेका छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जना सांसद छन् ।

    आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दैछ।  बैठकमा मुख्यमन्त्री पोखरेलविरूद्ध दर्ता अविश्वास प्रस्तावमाथि छलफल हुनेछ। 

    यी समाचार पनि हेराैँ : -

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology