Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

एमाले लुम्बिनी संसदीय दलको निर्णय : आजका लागि मुख्यमन्त्री शंकर पाेखरेललाई सबै अधिकार !

एमाले लुम्बिनी संसदीय दलको निर्णय : आजका लागि मुख्यमन्त्री शंकर पाेखरेललाई सबै अधिकार !

  • 4.2K
    SHARES

  • एमाले लुम्बिनी संसदीय दलको निर्णय : आजका लागि मुख्यमन्त्री शंकर पाेखरेललाई सबै अधिकार !

    बुटवल,साउन २७ -

    लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन र अविश्वासको प्रस्तावको सम्बन्धमा आज बसेको एमाले संसदीय दलको बैठकले निर्णय गर्ने जिम्मा मुख्यमन्त्री शंकर पाेखरेललाई नै दिएको छ।

    प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले १२ बजेसम्म सर्वोच्च अदालतको निर्णय पर्खिने र त्यसपछि निर्णय गर्ने जिम्मा मुख्यमन्त्रीलाई दिइएको जानकारी दिए।

    ‘१२ बजेसम्म अदालतको निर्णय पर्खिन्छौं। त्यसपछि के गर्ने भन्ने बारे मुख्यमन्त्रीले निर्णय गर्नुहुन्छ’ उनले भने ‘राजीनामा दिने कि प्रदेश सभा फेस गर्ने उहाँले नै निर्णय गर्नुहुन्छ।’

    लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटको पेशी आज न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ।

    विशेष अधिवेसन आह्वान विरुद्ध सत्तापक्ष एमालेका तर्फबाट प्रदेश सांसद लिला गिरीले प्रदेश प्रमुखको कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। उक्त रिटको प्रारम्भीक सुनुवाइको लागि मंगलबार प्रकाशमानसिंह राउतको इजलासमा पेशी तोकिएको थियो।

    मंगलबार हेर्न नभ्याइएपछि आजको लागि सारिएको थियो। आज आनन्दमोहन भट्टराईको इजलासमा पेशी सुचीको आठौँ नम्बरमा उक्त रिट परेको छ।

    यी समाचार पनि हेराैँ : -

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology