Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीमा प्रस्तावित मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको मन्त्रिमण्डल १० सदस्यीय बनाइने,आधा-आधा कार्यकाल !

लुम्बिनीमा प्रस्तावित मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको मन्त्रिमण्डल १० सदस्यीय बनाइने,आधा-आधा कार्यकाल !

  • 4.1K
    SHARES

  • लुम्बिनीमा प्रस्तावित मुख्यमन्त्री  कुलप्रसाद केसी नेतृत्वको मन्त्रिमण्डल १० सदस्यीय बनाइने,आधा-आधा कार्यकाल !

    बुटवल,साउन २७ -

    लुम्बिनी प्रदेशमा सरकार नबन्दै माओवादी र कांग्रेसबाटआलोपालो मुख्यमन्त्री बनाउने सहमति भएको छ । यस्तै नयाँ मन्त्रिमण्डल १० सदस्यीय बनाउने पनि सहमति सत्तासहकार्यका दलमा भएको हाे ।

    माओवादी नेता केसी ८ महिना र कांग्रेसका प्रमुख सचेतक वीरेन्द्र कनौडिया ८ महिना मुख्यमन्त्री हुने सहमति भएको कांग्रेसका दलका नेता बिरेन्द्र कनाैडीयाले नागरिक अनलाइनलाइ बताए। 

    नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चालगायतको गठबन्धनबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न लागेका कुलप्रसाद केसी ‘सोनाम’को मन्त्रिमण्डल १० सदस्यीय हुने भएको हाे। 

    माओवादीले मुख्यमन्त्रीसहित ३ मन्त्रालय र कांग्रेसले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसहित तीन मन्त्रालय लिने सहमति भएको माओवादी एक नेताले बताए ।

    अरु बाँकी रहेका चार मन्त्रालय गठबन्धनमा भागबण्डा हुने भएको छ। गठबन्धनका केसीको पक्षमा कुल ४१ सांसद छन्। जसमा कांग्रेसबाट १९ जना माओवादीबाट १८ जना, जसपाबाट ३ जना र जनमोर्चाबाट १ जना छन्।

    यी समाचार पनि हेराैँ : -

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology