बुटवल,साउन २७ -
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान भएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आव्हान गरेका छन् ।
आज सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आव्हान गरेका हुन् । प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेश सभा सदस्यलाई दावी पेस गर्न भोलि अपरान्ह ३ बजेसम्मको म्याद दिएका हुन् ।
शंकर पोखरेलले मुख्यमन्त्री पदबाटआजै राजीनामा दिएका थिए । 
यी समाचार पनि हेराैँ : -
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)