बुटवल,साउन ७ ।
३ फागुन २०७४ मा तत्कालीन प्रदेश न ५ (लुम्बिनी प्रदेश) स्थापना भएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले प्रदेशको राजधानी तोकिनु र नामकरण गरिनुलाई यो चार वर्षको मुख्य उपलब्धि मान्यो ।
२० असोज २०७७ मा स्थायी प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी तोकिएको थियो । एमाले नेता शंकर पोखरेल साढे ३ वर्ष यो प्रदेशको मुख्यमन्त्री बनेका थिए । उनकै पालामा प्रदेशको नाम र केन्द्र तोकिएको थियो । उनकै पालामा साथमै रहेर साथ दिएका रुपन्देहीका सांसद समेत रहेका एमाले संसदीय दलका नेता लीला गिरी प्रदेश सरकारको बागडोर सम्हाल्नै लागेका बेला एकाएक उपनेता चेतनारायण आचार्य लाइ मुख्यमन्त्री बनाउने बाध्यतामा पुगे ।
तत्कालिन अवस्थामा मुख्यमन्त्री शंकरलाइ राजधानी सार्दा लीलाले रिक्स नै मोलेर गुन लगाएका थिए ।
केही महिना अघि बुटवलमा भएको प्रदेश एमालेको नेतृत्व चयनमा लीलाले शंकरका उम्मेदबार हरि रिजाललाइ सहयोग नगर्दा हार ब्यहोरेका थिए । भने पाैडेलका राधाकृष्ण कँडेल २ मतान्तरले बिजयी भए ।
यसपटक कांग्रेस एमालेको सरकार बन्दै गर्दा शंकरले त्यहि रिस पोखेर एमाले उपाध्यक्ष बिष्णु पौडेल निर्वाचित जिल्ला रुपन्देहीलाइ कमजोर बनाउने प्रयास गरेको टीप्पणी गरिएको छ ।
दुई नेताको नाममा मौलाएको गुटको शिकार इमान्दार र सादगी नेता लिला गिरी चुपुवामा परेका छन् भने सत्ता राजनीतिको फेरबदलसँगै लुम्बिनीमा मुख्यमन्त्रीको विषयले एमालेभित्को विवाद सतहमा आएको छ ।
हेरौँ प्रदेश राजधानी सार्ने समयका पुराना सम्बन्धित खबरहरु :
यी समाचारहरु पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)