बुटवल ,मंसिर १८ ।
नेताहरुले आफ्नो स्वार्थ कसरी पूरा गर्छन् भन्ने उदाहरण हेर्न टाढा पुग्नै परेन । तत्कालिन प्रदेश न ५ को अस्थायी राजधानी तोकिएको बुटवलबाट नेताहरुकै स्वार्थले लुम्बिनी प्रदेशको राजधानी दाङ पुगेको हो ।
एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री रहेका बेला एकाएक राजधानी दाङ सार्न सहमति जनाएर पक्षमा मत दिएका एमाले रुपन्देहीका चार सांसदले त्यतिबेला पार्टीको ह्वीप त माने तर आफ्नो स्वार्थ पनि हेरे । बुटवल ताेकिएको राजधानी दाङ लगिएको बिराेधमा साेहिबेला कांग्रेसले भने रुपन्देहीमा चक्काजाम गर्नेदेखि लिएर मुख्यमन्त्रीको गाडीमा आक्रमण समेत गरेको थियो । भने संसदमा ताेडफाेड समेत भएको थियो ।
लामोसमयदेखि अड्किएको राजधानी र नामको मुद्धामा उनीहरुको स्वार्थ पनि जोडिएकै थियो । ती मध्ये कोही मन्त्री बने,कोही सचेतक त कोही विषयगत समितिमा बस्ने अवसर पाए । ती सांसदहरु त्यतिबेला राजधानी सारेको आरोप बोकेरै पाँच बर्ष बिताए ।
यसपटकको आम निर्वाचनमा पनि (उनीहरु) लिला गिरी ,भूमिश्वर ढकाल,भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरी नै उम्मेदवार बने र जनताले राजधानी सार्नेहरुलाई नै अनुमोदित गरे ।
ती सांसदहरु भने यतिबेला राजधानी दाङ सार्न नहुने भन्दै बिज्ञप्ति निकालेर पानीमाथिको ओभानो बन्ने प्रयास गरेका छन् । बर्तमान मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वले बुटवलमा रहेका सबै मन्त्रालय दाङ सार्ने हतारो गरेपछि अहिले भने हिजो राजधानी सारेकाहरुले नै पूर्वाधार नबनी दाङ राजधानी सार्न हुन्न भनेका छन् । राजधानीको मुद्धामा एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष बिष्णु पौडेलबिच सधै टकराव रहिनैरह्यो ।
यसपटकको निर्वाचनमा पनि बिष्णुले राजधानी बुटवल ल्याउन सकिने जनाउ दिएका थिए । अहिलेको निर्वाचनमा शंकर पराजित हुुुँदा बिष्णु पौडेल बिजयी भएका छन् ।
यता रुपन्देहीमा कांग्रेस र एमाले यो मुद्धामा एकठाँउ उभिएका छन् ।
हेराैँ बिज्ञप्ति :




यी समाचारहरु पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)