Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेश ५ काे राजधानी सार्ने सरकारकाे निर्णय बिरुद्ध रुपन्देहीका व्यबसायिक संघसंस्था एकठाउँमा,सडक संघर्षमा उत्रिने निर्णय

प्रदेश ५ काे राजधानी सार्ने सरकारकाे निर्णय बिरुद्ध रुपन्देहीका व्यबसायिक संघसंस्था एकठाउँमा,सडक संघर्षमा उत्रिने निर्णय

  • 3.4K
    SHARES

  • प्रदेश ५ काे राजधानी सार्ने सरकारकाे निर्णय बिरुद्ध रुपन्देहीका व्यबसायिक संघसंस्था एकठाउँमा,सडक संघर्षमा उत्रिने निर्णय

    बुटवल,असोज १७-

    प्रदेश सरकारले प्रदेशको राजधानी दाङ् बनाउने प्रदेश सभामा प्रस्ताव दर्ता गरेपछि अस्थायी राजधानी रहेको रुपन्देही जिल्लाबासीलाई दुःखी बनाएको छ । प्रदेश सरकारको उक्त निर्णय सच्याउन र प्रदेश सभामा दर्ता भएको उक्त प्रस्ताव फिर्ता गर्नकालागि व्यबसायिक संघसंस्थाहरुले आग्रह गरेका छन् ।

    शनिबार बुटवल उद्योग बाणिज्य संघमा बसेको रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुको सञ्जालको बैठकले उक्त निर्णयको बिरोध गर्दै सरकारलाई फिर्ता गर्न दवाव सिर्जना गर्नकालागि संघर्ष समिति समेत गठन गरिएको छ । बैठकले बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा १५ सदस्यीय संघष समिति गठन गरेको हो ।

    संघर्ष समितिको सदस्यहरुमा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेल, पश्चिम नेपाल बस व्यबसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलम, मणिमुकुन्द उधान समितिका अध्यक्ष खेमप्रसाद लुईटेल, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य टंकप्रसाद पोखरेल, औषधि व्यबसायी महासंघका बाबुराम भट्टराई, होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराई, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणानिधी भण्डारी, नेपाल उद्योग व्यापार संगठनका नारायण भण्डारी र कोषबहादुर गुरुङ रहनु भएको छ ।Sanjal press release 6.jpg

    बैठकले भोली आईतबार बिहान बुटवलमा बिरोध र्याली प्रदर्शन गर्ने तथा दिउँसो मुख्यमन्त्री तथा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ । त्यस्तै गरी सोमबार बस्ने प्रदेश सभा बैठकलाई प्रभावित पार्नेगरी संसद भवन अंगाडी प्रदर्शन गर्ने र्काक्रम तय गरिएको रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले जानकारी दिनुभयो । त्यस्तै सोमबार नै प्रदेश पाँचमा पर्ने साविक लुम्बिनी अञ्चलका ६ जिल्ला बन्द गर्न सञ्जालले आह्वान गरेको छ ।

    त्यस्तै संघसंस्थाहरुले आह्वान गरेका बिरोधका कार्यक्रममा साथ सहयोग गर्नका लागि समेत उद्योगी व्यबसायी तथा आम सर्वसाधारणलाई आह्वान गरिएको छ । 

    राजधानी सार्ने प्रस्ताव फिर्ता नगरे निर्णायक आन्दोलन गर्ने बुटवल उद्योग बाणिज्य संघको चेतावनी

    रुपन्देही उद्योग संघकाे निश्कर्ष : ‘राजधानी दाङ लैजाने प्रस्ताव जनमत माथीकाे खेलवाड,बुटवलको विकल्प छैन’

    रुपन्देही व्यापार संघले भन्याे-‘ दाङमा प्रदेश ५ को राजधानी बनाउने निर्णय जनभावना विपरीत ’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology