Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राजधानी जस्ताे बिषय कसैकाे रहरकाे बनाउनुहुदैन : कनाैडिया

राजधानी जस्ताे बिषय कसैकाे रहरकाे बनाउनुहुदैन : कनाैडिया

  • 4.6K
    SHARES

  • राजधानी जस्ताे बिषय कसैकाे रहरकाे बनाउनुहुदैन : कनाैडिया

    बुटवल,असाेज २०-

    नेपाली कांग्रेस संसदीय दलका नेता बिरेन्द्र कनाैडियाले राजनीतिक सहमतिमा राजधानीकाे टुंगाे लगाउनुपर्ने बताएका छन्। प्रदेश ५ काे संसद बैठकमा बिशेष समयमा बाेल्दै सरकारलाई दुरदर्शिता देखाउन आग्रह गरे ।

    कसैकाे भेगिय स्वार्थका कारण प्रदेश ५ काे राजधानी चलाउन नपाईने बताए । राजधानीकाे मुद्दा कसैकाे रहरकाे बिषय बनाउन नहुने भन्दै उनले सुझबुझपुर्ण राजनीतिक निर्णय गर्नुपर्ने र त्यसमा सहमतिको वातावरण बनाउनुपर्ने बताए ।

    नेपाली कांंग्रेसले प्रदेश ५ को राजधानीका विषयमा सत्तारुढ दलले पेलेर आफ्नो निर्णय लाद्न खोज्दा तोडफोड भएको बताएकाे छ । नेता वीरेन्द्र कनोडियाले सत्तारुढ दलले बहुमतको आडमा पेलेर जान खोज्दा मुठभेड भएको प्रष्टिकरण दिएका हुन् । मुख्यमन्त्रीजी ३ दिन यो प्रस्तावलाई छलफल गरेको भए यो परिस्थिति निर्माण हुने अबस्था नआउने उनको भनाइ थियो ।

    बहुमतको दम्भमा पेलेर देखाउछौं भनेर लागेपछि  समस्या देखिएको उनले बताए ।सरकारको अदूरदर्शिताका कारण संसदीय मर्यादा विपरीतका घटना भएको कनोडियाले बताए । प्रदेशसभामा संसदीय मर्यादा विपरीत भएको तोडफोडको काम दुःखद भएको उनले बताए ।

    मुख्यमन्त्री शंकर पोखरेलले नयाँ ठाउँमा राजधानी बनाए पनि बुटवल र रुपन्देहीको संवेदनशीलतालाई पनि साथै लिएर अघि बढ्ने प्रतिवद्धता जनाएकाले आफूहरु प्रदेशसभामा छलफल गर्न तयार भएको पनि उनले बताए ।

    यी समाचारहरु पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology