Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संसदीय विधी मिचेर प्रदेश ५ को राजधानी सार्न खोजिएको भन्दै सांसद श्रेष्ठले दिए मस्यौदा समितिकाे संयोजकबाट राजीनामा

संसदीय विधी मिचेर प्रदेश ५ को राजधानी सार्न खोजिएको भन्दै सांसद श्रेष्ठले दिए मस्यौदा समितिकाे संयोजकबाट राजीनामा

  • 4.1K
    SHARES

  • संसदीय विधी मिचेर प्रदेश ५ को राजधानी सार्न खोजिएको भन्दै सांसद श्रेष्ठले दिए मस्यौदा समितिकाे संयोजकबाट राजीनामा

    बुटवल,असोज १९ -

    प्रदेश ५ काे राजधानी बुटवलबाट दाङ देउखुरी सार्ने प्रस्तावले सत्तारुढ नेकपामै खैलाबैला भएकाे छ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र गम्भीर विवाद उत्पन्न भएको हाे ।नेकपामा नेता तथा प्रदेश ५ का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रदेशसभा संचालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट राजीनामा दिएका छन् ।

    संसदीय विधी र पद्धती विपरित जवरजस्ती प्रदेशको राजधानी सार्न खोजिएकोमा असन्तुष्टि जनाउँदै सांसद श्रेष्ठले संयोजक पदबाट राजीनामा दिएका हुन् ।

    श्रेष्ठले राजधानी सार्ने सरकारको निर्णय गैरसंसदीय र अलोकतान्त्रिक भएको भन्दै तिब्र असन्तुष्टि जनाउँदै आएका छन् । श्रेष्ठकै नेतृत्वमा नेकपा संसदीय दलको शुक्रबार बसेको बैठकमा १४ जना प्रदेशसभा सांसदले नोट अफ डिसेन्ट लेखेका थिए ।

    सांसद श्रेष्ठले सभामुखलाई बुझाएको राजीनामा पत्रमा लेखेका छन्- आकस्मिक रुपमा हठात प्रदेशको नामाकरण र राजधानीको केन्द्र सार्ने प्रदेश सरकारको निर्णय प्रस्ताव पश्चात उत्पन्न गतिरोधका बेला प्रदेशसभाभित्र पक्ष र विपक्षको रुपमा उपस्थित घटनाक्रमसँग केहीपत्रपत्रिकाबाट गरिमामय सभापतिको मर्यादाबाट विचलित भएको परिवेशले कुप्रचारको रुपमा मर्यादा उपर गहिरो चोट पुगेकाले राजधानी केन्द्र निर्धारणसँग साटेको आवाज जनतामा भ्रम छर्न खोजेको आभाष गर्दै स्वच्छ स्वाभिमानबाट काम गर्न असहज महशुस भएकोले उक्त समितिबाट राजीनामा पेश गर्दछु ।’

    bhoj prasad.jpg

    प्रदेशसभामा आजबाट छलफल सुरु हुने छ भने  प्रदेशसभामा छलफल हुनुअघि सभाभवन आसपासको सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ ।

    यी समाचार पनि पढाैँ :-

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology