Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेश ५ : नाम लुम्बिनी,राजधानी दाङकाे देउखुरी कायम गर्न प्रस्ताव पेश

प्रदेश ५ : नाम लुम्बिनी,राजधानी दाङकाे देउखुरी कायम गर्न प्रस्ताव पेश

  • 8.4K
    SHARES

  • प्रदेश ५ :  नाम लुम्बिनी,राजधानी दाङकाे देउखुरी कायम गर्न  प्रस्ताव पेश

    बुटवल,असोज १६-

    प्रदेश न ५ काे राजधानी दाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरिएकाे छ ।  बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले राजधानी र नामांकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर सो प्रस्ताव अघि बढाएका छन् ।

    दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी बनाउने प्रस्ताव गरिएकाे हाे ।

    राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरेका हुन् ।बैठकमा प्रस्ताव पेश भए लगत्तै सांसदहरुले आपत्ती जनाएका छन् ।

    नाम राजधानी सिफारिस समितिले प्रस्ताब गरेभन्दा फरक र कार्यसूचि पनि एक्कासी ल्याइएकाे भन्दै नेपाली का‌ग्रेसका रमा अर्याल,फकरुदिन खानले असहमति जनाएका छन् ।अबकाे अर्काे बैठक असाेज १९ गते बस्ने सभामुख पूर्णबहादुर घर्तीले बताए । 

    राजधानी हालकै बुटवलमा राख्ने कि दाङ भन्ने विषयमा सत्तारुढ नेकपामा विवाद रहेको थियो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको भालुवाङमा राजधानी राख्ने निर्णय भएपछि सरकारले प्रस्ताव अघि बढाउन लागेको हो ।pradesh sava 5 namakaran.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology