Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेश ५ को राजधानी बुटवलबाट सार्न नेकपा तयार,दाङको भालुवाङ लैजान ओली र प्रचण्डबिच सहमति !

प्रदेश ५ को राजधानी बुटवलबाट सार्न नेकपा तयार,दाङको भालुवाङ लैजान ओली र प्रचण्डबिच सहमति !

  • 17.1K
    SHARES

  • प्रदेश ५ को राजधानी बुटवलबाट  सार्न नेकपा तयार,दाङको भालुवाङ लैजान ओली र प्रचण्डबिच सहमति !

    बुटवल,असोज १६-

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ५ को राजधानी बुटवलबाट दाङ सार्ने भएकाे छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रदेश ५ को राजधानी दाङको भालुवाङमा पुर्याउने सहमति जुटेको हो ।

    राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद थियो । प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए ।

    पूर्वमाओवादीले भने पार्टी एकीकरण हुनुअघि नै प्रदेशको राजधानी दाङमा राख्ने औपचारिक निर्णय नै गरिसकेको थियो ।

    गत पुसमा सम्पन्न स्थायी कमिटी बैठकमा मुख्यमन्त्री पोखरेलले राजधानीबारे पार्टी केन्द्रले नै निर्णय गरिदिन आग्रह गरेका थिए ।  प्रदेश–५ को राजधानीबारे पनि बागमती प्रदेशकै जस्तो शैली अपनाइने भएको छ ।

    दुई अध्यक्षबीच दाङको भालुवाङमा स्थायी राजधानी बनाउने सहमति भएको र त्यसअनुसार प्रदेशमा निर्देशन गएको नेकपा उच्च स्रोतले जनाएको छ ।

    बुटवलमा बिराेधका कार्यक्रम तय हुदै :

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश-५ को राजधानी बुटवलबाट दाङ सार्ने भएपछि नेपाली का‌ंग्रेस बुटवल नगरले बिराेध जनाइसकेकाे छ । ‘सहमति गलत छ,अब  बिराेधका कार्यक्रम तय गरिने छ हामी कुनै हालतमा राजधानी सार्न दिदैनाैँ ’-कांग्रेस नगर सभापति खेलराज पाण्डेले नागरिक अनलाइनसं‌ग भने । 

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology