Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलकाे आन्दाेलन राेक्न प्रशासनले ताेक्याे निषेधित क्षेत्र,२१ गतेसम्म ५ जना भन्दा बढी जम्मा हुन नपाइने !

बुटवलकाे आन्दाेलन राेक्न प्रशासनले ताेक्याे निषेधित क्षेत्र,२१ गतेसम्म ५ जना भन्दा बढी जम्मा हुन नपाइने !

  • 8.6K
    SHARES

  • बुटवलकाे आन्दाेलन राेक्न प्रशासनले ताेक्याे निषेधित क्षेत्र,२१ गतेसम्म ५ जना भन्दा बढी जम्मा हुन नपाइने !

    बुटवल,असोज १७ -

    प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन हुन थालेपछि रुपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र ताेकेकाे छ । अब ती क्षेत्रहरुमा ५ जना भन्दा बढी जम्मा हुन पाइने छैन ।

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार राती साढे ८ बजे सूचना जारी गरी असोज १८ गते आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ।

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेशसभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकेको छ।

    मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म ५ जना भन्दा धेरै भेला हुन पाइनेछैन।magarat.jpg

    यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न पाइनेछैन।

    आइतबार बुटवलमा आन्दाेलनकाे तयारी गरिएकाे थियाे भने कांग्रेसले रुपन्देही बन्दकाे समेत घाेषणा गरेकाे छ । 

    Nisedhagya butwal.jpg

    नेपाली कांग्रेसद्वारा भाेली असाेज १८ गते रुपन्देही बन्दकाे घाेषणा,आज साँझ राँके जुलुस ! (भिडीयाे सहित)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology