Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाली कांग्रेसद्वारा भाेली असाेज १८ गते रुपन्देही बन्दकाे घाेषणा,आज साँझ राँके जुलुस ! (भिडीयाे सहित)

नेपाली कांग्रेसद्वारा भाेली असाेज १८ गते रुपन्देही बन्दकाे घाेषणा,आज साँझ राँके जुलुस ! (भिडीयाे सहित)

  • 20.7K
    SHARES

  • नेपाली कांग्रेसद्वारा भाेली असाेज १८ गते रुपन्देही बन्दकाे घाेषणा,आज साँझ  राँके जुलुस ! (भिडीयाे सहित)
     

    बुटवल,असोज १७ -

    नेपाली कांग्रेसले भाेली असाेज १८ गते रुपन्देही बन्दकाे घाेषणा गरेकाे छ । आज बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस निकाल्ने भएकाे छ । प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएकाे हाे । 

    कांग्रेस रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको छ ।

    आज राँके जुलुस,भाेली वृहत प्रदर्शन सहित रुपन्देही बन्द तथा  नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन,प्रदेशसभा घेराउ र धर्ना लगायतका कार्यक्रमहरु गर्ने निर्णय भएकाे का‌ग्रेस नगर सभापति खेलराज पाण्डेयले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    १९ गते ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय गरेको  का‌ँग्रेस रुपन्देही सचिब रामकृष्ण खाँणले बताए ।  का‌ग्रेसले यसबारेमा थप जानकारी दिनका लागि बुटवलमा पत्रकार सम्मेलनकाे आयाेजना गर्ने तयारी गरेकाे छ ।

    यी समाचार पनि पढाैँ :-

    राजधानी दाङ देउखुरी जाने भएपछि बुटवलमा नेविस‌ंघले बाल्याे टायर,नाराबाजी गर्दै आधादर्जन सरकारी गाडीमा ताेडफाेड [फाेटाेफिचर]

    प्रदेश ५ : नाम लुम्बिनी,राजधानी दाङकाे देउखुरी कायम गर्न प्रस्ताव पेश

    बुटवलबाट राजधानी सार्ने प्रस्तावप्रति कांग्रेस रुपन्देहीद्वारा खेद प्रकट,आन्दोलनमा सहभागी हुन सबैलाइ अपील

    प्रदेश ५ को राजधानी बुटवलबाट सार्न नेकपा तयार,दाङको भालुवाङ लैजान ओली र प्रचण्डबिच सहमति !

    नेकपा संसदीय दलकाे निर्देशन : प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको पक्षमा मतदान गर्नू,नत्र कारबाही !

    रुपन्देही उद्योग संघकाे निश्कर्ष : ‘राजधानी दाङ लैजाने प्रस्ताव जनमत माथीकाे खेलवाड,बुटवलको विकल्प छैन’

    रुपन्देही व्यापार संघले भन्याे-‘ दाङमा प्रदेश ५ को राजधानी बनाउने निर्णय जनभावना विपरीत ’

    राजधानी सार्ने प्रस्ताव फिर्ता नगरे निर्णायक आन्दोलन गर्ने बुटवल उद्योग बाणिज्य संघको चेतावनी

    प्रदेश ५ काे राजधानी सार्ने सरकारकाे निर्णय बिरुद्ध रुपन्देहीका व्यबसायिक संघसंस्था एकठाउँमा,सडक संघर्षमा उत्रिने निर्णय

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology