Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलबाट राजधानी सार्ने प्रस्तावप्रति कांग्रेस रुपन्देहीद्वारा खेद प्रकट,आन्दोलनमा सहभागी हुन सबैलाइ अपील

बुटवलबाट राजधानी सार्ने प्रस्तावप्रति कांग्रेस रुपन्देहीद्वारा खेद प्रकट,आन्दोलनमा सहभागी हुन सबैलाइ अपील

  • 6.7K
    SHARES

  • बुटवलबाट राजधानी सार्ने प्रस्तावप्रति कांग्रेस रुपन्देहीद्वारा खेद प्रकट,आन्दोलनमा सहभागी हुन सबैलाइ अपील

    बुटवल,असोज १६-

    प्रदेश ५ सरकारले शुक्रबारको संसद वैठकमा पेश गरेको राजधानी सार्ने प्रस्तावप्रति विरोध जनाउदै नेपाली कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ ।congress.jpg

    उक्त प्रस्ताव संसदमा टेवल भएलगत्तै कांग्रेसका कार्यकर्ताहरुले सडकमा उत्रिएर विरोध जनाएका छन् । पार्टी सभापति अब्दुल रज्जाकद्धारा शुक्रबार जारी गरिएको विज्ञक्तीमा कांग्रेस रुपन्देही कठोर आन्दोलनमा उत्रिएको उल्लेख छ । 


    शेर वहादुर देउवा नेतृत्वको सरकारले विगतमा रुपन्देहीलाई अस्थायी राजधानी तोकेको भन्दै अव पनि नेकपाका केहि नेताको स्वार्थमा रुपन्देहीवाट राजधानी प्रयासको खिलाव सडक र सदन तताउने विज्ञक्तीमा उल्लेख छ । 

     

     

    कांग्रेस रुपन्देहीको विज्ञक्तीमा पार्टिका आम कार्यकर्तादेखि रुपन्देही तथा छिमेकी जिल्लाका सर्बसाधारणहरुलाई यो आन्दोलनमा सहभागी हुन अपिल गरिएको छ । वहुसंख्यक जनताको केन्द्र, पुर्वाधारका हिसावले उपयुक्त रुपन्देहीबाट राजधानी सारेर  दाङ लैजाने नेकपा सरकारको निर्णय प्रति कठोर आन्दोलन शुरु भएको कांग्रेसले जनाएको छ ।

    साथै यो आन्दोलनवाट हुने क्षतीको सम्पुर्ण जिम्मेवारी सरकारले लिनु पर्ने समेत विज्ञक्तीमा भनिएको छ । यता कांग्रेस क्षेत्रिय सभापति हरि लम्साल र बुटवल नगर सभापति खेलराज पाण्डेयले संयुक्त बिज्ञप्ती जारी गर्दै नेकपाका जिम्मेबार मान्छेले पदसंग राजधानी साटेको आरोप लगाएका छन् ।

    नेकपाले निर्बाचनका बेला राजधानीका नाममा दिएका झुटा आश्वासन अहिले आएर प्रमाणित गरेको टीप्पणी गरे ।nc .jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology