Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संयुक्त संघर्ष समितिकाे आन्दाेलन : प्रदेश ५ काे संसद भवन घेराउका क्रममा प्रहरीकाे अवराेध !

संयुक्त संघर्ष समितिकाे आन्दाेलन : प्रदेश ५ काे संसद भवन घेराउका क्रममा प्रहरीकाे अवराेध !

  • 5.5K
    SHARES

  • संयुक्त संघर्ष समितिकाे आन्दाेलन : प्रदेश ५  काे संसद भवन घेराउका क्रममा प्रहरीकाे अवराेध !

    बुटवल,असोज १९ -

    प्रदेश– ५ को संसद भवन घेराउ गर्ने कार्यक्रमलाइ राेक्न बुटवलमा ब्यापक प्रहरी परिचालन गरिएकाे छ । संयुक्त संघर्ष समिति रुपन्देहीले आज संसद भवन घेराउकाे कार्यक्रम तय गरेकाे थियाे । कार्यक्रम अनुसार संसद भवन घेराउ गर्न जोड गरेपनि तर नेपाल प्रहरी र शसस्त्र प्रहरीले भने संसद भवन जाने बाटो बन्द गरेको छ ।

    सशस्त्र प्रहरीको बाक्लो घेराले आन्दोलनकारीहरुलाई संसद भवन जाने बाटो पूर्वपश्चिम राजमार्ग अन्तर्गत नेपालगंज रोडस्थित सिन्दूर होटल अगाडि आन्दोलनकारीहरु अगाडि बढ्न खोजेपनि सुरक्षाकर्मीले छिर्न दिएकाे छैन ।

    आन्दाेलनकारी भन्दा धेरै सुरक्षाकर्मी देखिएका छन् । संघर्ष समितिले रुपन्देहीबाट कुनै पनि हालतमा दाङको भालुबाङमा स्थायी राजधानी लैजान नदिने अडान लिँदै आएको छ ।

    बुटवललाई नै स्थायी राजधानी कायम गर्नुपर्ने माग राख्दै चरणवद्ध आन्दोलनमा रहेका यस क्षेत्रका विभिन्न संघ–संस्थाहरु सडकमै छन् । सञ्जालले बुटवलको पुष्पलालपार्कमा भेला भई प्रदेशसभा सचिवालय घेराउ गर्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक खिमबहादुर हमालले जानकारी दिएका छन् ।

    विरोधको कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा वली र मूख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउनुको साथै सडकमा प्रदर्शन गर्ने कार्यक्रमहरु तय गरिएको उनले बताए ।

    यी समाचार पनि पढाैँ :-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology